१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता मन्त्री डा राणा र अमेरिकी उपविदेशमन्त्री भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशमान र गगनको गठजोड हुँदासमेत काठमाडौं उपत्यकामा देउवा बलियो​



अ+ अ-

काठमाडौं : काँग्रेस नेता प्रकाशमान सिंहको गृह क्षेत्रमै संस्थापन पक्षको वर्चश्व देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई कमजोर बनाउन प्रकाशमान र गगन थापाबीच गठजोड बने पनि क्षेत्रीय सभापति र महाधिवेशन सभापतिमा संस्थापन पक्ष नै बलियो देखिएको छ । काठमाडौं उपत्यकाको निर्वाचन परिणामले प्रकास–गगन पक्षलाई नराम्रो झ्ड्का मिलेको छ । 

काँग्रेस अधिवेशनबाट प्राप्त परिणामअनुसार ललितपुर जिल्लाका तिनवटै क्षेत्रमा संस्थापन पक्षले भारी सफलता हात पारेको छ । ललितपुर क्षेत्र नम्बर १ मा १९ जना महाधिवेशन प्रतिनिधि संस्थापन पक्षबाट छानिँदा ६ जना संस्थापन इतरका चयन भए । ललितपुर क्षेत्र नम्बर २ बाट २० जना संस्थापन पक्षबाट चयन हुँदा संस्थापन इतरबाट पाँचजना मात्र आएका छन् । प्रतिनिधिका रुपमा रिना महर्जन र रञ्जना थापा मगरको बराबर मत आएकाले जिल्ला अधिवेशनपछि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । उनीहरु दुबैजना संस्थापन पक्षका रहेको जनाइएको छ । 

ललितपुर क्षेत्र नम्बर ३ मा पनि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरु संस्थापन पक्षबाट निर्वाचित भए । निर्बाचन परिणाम अनुसार १५ जना संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधि चयन भए । अन्य दशजना भने देउवा इतर विभिन्न समूहका छ्यासमिस छन् । भक्तपुरका दुईवटै क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ । भक्तपुर १ मा क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित बनेका छन् । उनी देउवा निकट हुन् ।

महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै अत्यधिक बुहमत रहेको छ । भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा पक्षबाट २० जनाले जिते । यो क्षेत्रमा संस्थापन इतर समूहबाट जम्मा चारजनाले मात्र महाधिवेशन प्रतिनिधिमा ठाउँ पाएका छन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षका भेषबहादुर कार्की निर्वाचित भए पनि महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट दशजनाले महाधिवेशन प्रतिनिधिमा जिते । संस्थापन इतर समूहबाट १५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । 

यता काठमाडौंमा धेरै बलियो भनिएका प्रकाशमानले अपेक्षा अनुसार महाधिवेशन प्रतिनिधिमा जित निकाल्न सकेनन् । प्रकाशमानको आफ्नै निर्बाचन क्षेत्र काठमाडौं १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा निकट ११ जनाले बाजी मारेका छन् । यो संख्या भनेको झण्डै आधाआधा हो । 

काठमाडौं २ मा भने देउवा पक्षले झण्डै क्लिन स्विप गरेको छ । यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा १८ जना संस्थापन पक्षका निर्वाचित भए । तर संस्थापन इतरले केबल पाँचजनामा चित्त बुझाउनुपरेको छ । यो क्षेत्रका दुईजना महाधिवेशन प्रतिनिधि भने कतै खुलेका छैनन् । यस्तै काठमाडौं ३ बाट पनि संस्थापन समूहले १८ जना महाधिवेशन प्रतिनिधिमै जित हात पारेको छ । यो क्षेत्रमा देउवा र कृष्णप्रसाद सिटौला पक्ष मिलेको थियो । यो क्षेत्रबाट पनि प्रकाशमानका जम्मा ६ भोट देखिएको छ । एकजना तटश्थ देखिएका छन् ।

गगन थापाको निर्बाचन क्षेत्र काठमाडौं ४ मा केही कमजोर देखिए पनि आधाआधी भोट देउवाको पोल्टामा पर्ने देखिन्छ । यस क्षेत्रमा गगन थापा निकट बहुसंख्यक प्रतिनिधि चुनिए पनि प्रकाशमानलाई उनीहरुले भोट दिने निश्चित छैन । यता काठमाडौं  ५ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन समूहले १४ जना प्रतिनिधि सुनिश्चित गरेको छ । तर प्रकाशमान–गगन गठजोडले केबल ६ जना मात्र महाधिवेशन प्रतिनिधि मात्र हात पारेको छ । तर यस क्षेत्रमा पाँचजना भिमसेन दास प्रधान निकट हुन् । अन्तिममा उनीहरुले पनि सभापतिमा देउवालाई नै सघाउने अनुमान गरिएको छ । 

यसैगरी काठमाडौं ६ बाट पनि ठूलो संख्यामा देउवा–सिटौला गठवन्धनका महाधिवेशन प्रतिनिधि छानिएका छन् । गठवन्धनका १८ जना निर्बाचित हुँदा प्रकाशमान समूहबाट भने आठजना मात्र महाधिवेशन प्रतिनिधि चयन भए । काठमाडौं ७ मा भने देउवा समूह केही कमजोर देखिएको छ । यो क्षेत्रमा प्रकाशमानका छोरा र पत्नीसहित २१ प्रतिनिधि चुनिएका छन् ।

प्रकाशमानको एकलौटी मानिएको यो क्षेत्रमा पनि संस्थापन पक्षबाट चारजनाले जित निकाल्न सफल भएका छन् । काठमाडौं ८ मा संस्थापन पक्षले नौ सिट जित्दा १६ प्रतिनिधि प्रकाशमान पक्षका आएका छन् । क्षेत्र नम्बर ९ मा प्रकाशमान–गगन गठवन्धनको अवस्था नाजुक देखिएको छ । यो क्षेत्रमा ६ जना प्रतिनिधिमा चित्त बुझाउनु परेको छ । प्रकाशमान इतर समूहबाट १९ जना प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा देउवा र सिटौला समूहको अत्यधिक वर्चश्व देखिएको छ । 

यता काठमाडौं क्षेत्र नम्बर १० मा प्रकाशमान निकट बहुसंख्यक महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रबाट २२ जना प्रकाशमान समूहबाट निर्बाचित हुँदा तीनजना मात्र संस्थापन पक्षका छन् । प्रकाशमानको निकै पकड क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा संस्थापन पक्षले तीनजना प्रतिनिधि उम्काउन सफल भएको छ ।