२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटालाई हराए लिग च्याम्पियन बन्ने मनाङ



अ+ अ-

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेको छ । अब बिहीबार संकटा बिरुद्द हुने खेलका उसलाई पाखा लगाए दुई खेल अगाडि नै उपाधि रक्ष गर्नेभएको हो ।

लिगको १०औं खेलसम्म पनि नहारेको एक मात्र कल्ब मनाङले आइतबार विभागीय टोली पुलिसलाई १–० गोलले हराएको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा मनाङका एक मात्र गोल खेलको ५२औं मिनेटमा अडेलजा सोमिडेले गरे हुन् ।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा भने गोल खान पुग्यो । मनाङले अन्तिम समयसम्म आफ्नो अग्रतालाई कायमै राख्दा पुलिसले भने गोल गर्ने राम्रो अवसर खेर फालेका थिए ।

मनाङको शतप्रतिशत जित सहित ३० अंक भएको छ भने लिगको दोस्रो स्थानमा रहेको संकटाको १० खेलबाट २५ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २३ अंक रहेको छ ।