२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई कम्युनिस्टहरुले धर्मको विषयमा पढाउन आवश्यक छैन: शर्मा



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा कांग्रेसलाई कम्युनिस्टहरुले पढाउन आवश्यक नरहेको बताएका छन्

कांग्रेस महासमिति बैठकको अन्तिम दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म हल्ला हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ’ उनले भने ‘उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन’ उनले भने ।

‘शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।