२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई कम्युनिस्टहरुले धर्मको विषयमा पढाउन आवश्यक छैन: शर्मा



अ+ अ-


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा कांग्रेसलाई कम्युनिस्टहरुले पढाउन आवश्यक नरहेको बताएका छन्

कांग्रेस महासमिति बैठकको अन्तिम दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म हल्ला हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ’ उनले भने ‘उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन’ उनले भने ।

‘शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।