४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्वास्थ्य मन्त्रालयकाे सचिव स्वास्थ्य सेवाबाटै बनाउन माग

स्वास्थ्य मन्त्रालयकाे सचिव स्वास्थ्य सेवाबाटै बनाउन माग
अ+ अ-

काठमाडौँः सरकारी चिकित्सक सङ्घ (गोदान)ले कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्तिलगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई भेट गरी ध्यानाकर्षण गराएको छ ।

गोदानका पदाधिकारीले आज उपप्रधानमन्त्री यादवसँग भेट गरी सरकारी चिकित्सकलाई समयानुकूल तलब÷भत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रदेश÷स्थानीय निकायमा समायोजन हुने चिकित्सकको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएरमात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तरवृद्धि गर्नुपर्ने, प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान मिलाउन ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

प्रदेशअन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सक÷स्वास्थ्यकर्मीमध्येबाट सचिव नियुक्त गर्ने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामतीसरह प्रशासनसम्बन्धी तालीम दिइ अन्य प्राविधिक निकायसरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउनसमेत ध्यानाकर्षण गराइएको छ ।

सो अवसरमा मन्त्री यादवले सङ्घले उठान गरेका उचित मागलाई पूरा गर्दै जाने बताउनुभयो । गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो मागले सहयोग पु¥याउने बताउनुभयो ।