२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयकाे सचिव स्वास्थ्य सेवाबाटै बनाउन माग



अ+ अ-

काठमाडौँः सरकारी चिकित्सक सङ्घ (गोदान)ले कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्तिलगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई भेट गरी ध्यानाकर्षण गराएको छ ।

गोदानका पदाधिकारीले आज उपप्रधानमन्त्री यादवसँग भेट गरी सरकारी चिकित्सकलाई समयानुकूल तलब÷भत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रदेश÷स्थानीय निकायमा समायोजन हुने चिकित्सकको सेवा, सुविधा, सुरक्षा, सरुवा, बढुवालगायत वृत्तिविकास सुनिश्चित भएरमात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वेच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तरवृद्धि गर्नुपर्ने, प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान मिलाउन ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

प्रदेशअन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सक÷स्वास्थ्यकर्मीमध्येबाट सचिव नियुक्त गर्ने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामतीसरह प्रशासनसम्बन्धी तालीम दिइ अन्य प्राविधिक निकायसरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउनसमेत ध्यानाकर्षण गराइएको छ ।

सो अवसरमा मन्त्री यादवले सङ्घले उठान गरेका उचित मागलाई पूरा गर्दै जाने बताउनुभयो । गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो मागले सहयोग पु¥याउने बताउनुभयो ।