२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु



अ+ अ-
साङ्केतिक फोटो

बैतडी । अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । रासस