२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने



अ+ अ-


कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व राखिला गर्न भनिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णुप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयअनुसार कार्यान्वयन गराउन निर्देशन दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्रअनुसार प्रवेशद्वार खोल्ने बारे कार्य अगाडि बढाइन लागेको बताउनुभयो ।

“नयाँ खुल्ने प्रवेशद्वारसँगै जङ्गल सफारीका लागि समेत कार्य अगाडि बढाइन्छ” उहाँले भन्नुभयो । नयाँ प्रवेशद्वार खुलेमा भारतीय पर्यटक भित्र्याउन सहज हुने देखिएको छ । अहिले पर्यटकले निकुञ्जको मुख्य कार्यालय रहेको मझगाउँबाट मात्रै निकुञ्ज प्रवेश गर्न पाउने गरेका छन् । रासस