२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएमसीले घुडा टेक्यो, ठेक्का रद्दको पत्र फिर्ता लिने निर्णय



अ+ अ-


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिने निर्णय गरेको छ । ठेक्का रद्द गरेर नेपाल छाडेर भाग्न लागेको इटालियन कम्पनीले आफुले बुझाएको पत्र फिर्ता लिएको हो।

भाग्न खोजेपछि पासर्वड रोक्का गर्ने र कर्मचारीलाई समातेर सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेपछि सिएमसीले आफ्नो निर्णय उल्टाएको हो । धरौटी रकम रोक्का गरेपछि बिहीबार सिएमसीले ठेक्का रद्दको चिठी फिर्ता लिएको खानेपानी मन्त्रालयले जनाएको हो । चिठी फिर्ता लिएपनि कामदार भने साइटमा फर्केका छैनन्।

गत आइतबार राति समातिएका उनीहरूको राहदानी बैंक धरौटी रोक्का गरेपछि फिर्ता दिइएको थियो। सिएमसीले भूकम्प र नाकाबन्दीमा काम रोकिँदा एक अर्ब क्षति भएको भन्दै उक्त रकम मागेको थियो। तर नेपाल सरकारले माग गरेको रकम मध्य ३५ करोड दिने निर्णय गरेको थियो । तर ठेक्का पाएको सिएमसीले उक्त कुरा स्विकार नगरेपछि बिबाद चुलिएको थियो ।

सरकारले क्षतिपूर्ति बापत दिने भनेको रकम पनि काम सकेपछि मात्र दिने भनेपछि सिएमसीले ठेक्का रद्द गरेको पत्र समितिमा पठाएको थियो। सिएमसी कर्मचारीले सो रकम गत शुक्रबारसम्म दिनुपर्ने अन्यथा ठेक्का रद्द गर्ने कुरामा अडिक रहेका थिए ।

सरकारले अढाइ अर्ब रोक्का राख्न बैंकमा पत्राचार गरेपछि सिएमसीले सो रोक्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएको थियो। मुद्दाको सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ।