१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिएमसीले घुडा टेक्यो, ठेक्का रद्दको पत्र फिर्ता लिने निर्णय



अ+ अ-


काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिने निर्णय गरेको छ । ठेक्का रद्द गरेर नेपाल छाडेर भाग्न लागेको इटालियन कम्पनीले आफुले बुझाएको पत्र फिर्ता लिएको हो।

भाग्न खोजेपछि पासर्वड रोक्का गर्ने र कर्मचारीलाई समातेर सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेपछि सिएमसीले आफ्नो निर्णय उल्टाएको हो । धरौटी रकम रोक्का गरेपछि बिहीबार सिएमसीले ठेक्का रद्दको चिठी फिर्ता लिएको खानेपानी मन्त्रालयले जनाएको हो । चिठी फिर्ता लिएपनि कामदार भने साइटमा फर्केका छैनन्।

गत आइतबार राति समातिएका उनीहरूको राहदानी बैंक धरौटी रोक्का गरेपछि फिर्ता दिइएको थियो। सिएमसीले भूकम्प र नाकाबन्दीमा काम रोकिँदा एक अर्ब क्षति भएको भन्दै उक्त रकम मागेको थियो। तर नेपाल सरकारले माग गरेको रकम मध्य ३५ करोड दिने निर्णय गरेको थियो । तर ठेक्का पाएको सिएमसीले उक्त कुरा स्विकार नगरेपछि बिबाद चुलिएको थियो ।

सरकारले क्षतिपूर्ति बापत दिने भनेको रकम पनि काम सकेपछि मात्र दिने भनेपछि सिएमसीले ठेक्का रद्द गरेको पत्र समितिमा पठाएको थियो। सिएमसी कर्मचारीले सो रकम गत शुक्रबारसम्म दिनुपर्ने अन्यथा ठेक्का रद्द गर्ने कुरामा अडिक रहेका थिए ।

सरकारले अढाइ अर्ब रोक्का राख्न बैंकमा पत्राचार गरेपछि सिएमसीले सो रोक्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएको थियो। मुद्दाको सुनुवाइका लागि बुधबार पेशी तोकिएको छ।