४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल

वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना (पर्यटक) का लागि सेल्फी फोटो खिच्ने ‘सेल्फी जोन’ बनेको छ ।

भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फूल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । अगाडि बढ्दै गर्दा विदेशीले पुनः सोध्छन्, ‘ह्वाइ दीस अगेन’ (फेरि यो किन) ? नेपालीको जवाफ हुन्छ, ‘इट इज आवर कल्चर’ (यो हाम्रो संस्कृति हो) । पर्यटक आगमन कक्षमा सजिएकी जीवित देवी कुमारीको आकर्षक मूर्तिले पाहुनाको ध्यान खिच्छ अनि त सेल्फी खिच्न भ्याइहाल्छन् । ‘कुइरे’ पाहुना अच्चममा पर्छ अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छ । सुन्दा कथा झैँ लाग्ने यो मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) को बदलिँदो स्वरूपको यथार्थ चित्रण हो ।

पछिल्लो समय विमानस्थलको रूप फेरिएको छ । यहाँबाट बाहिरिने र भित्रिने दुवैखाले यात्रुले अब केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रूप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङ्गले सजाइँदैछ ।

विमानस्थलको स्तरोन्नत्तिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाई पर्यटकलाई आकर्षित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी जिम्मेवारी सम्हाले देखिनै लागि पर्नुभयो र अहिले त्यसको परिणाम विमानस्थल भित्रका दृश्यले उदाहरण प्रस्तुत गरेको छ । पर्यटनमन्त्रीको चासोलाई व्यवहारमा परिणत गर्न कस्सिएर जुट्नुभयो विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री पनि ।

‘मर्निङ सोज द डे’ (बिहानीले दिनको सङ्केत गर्छ) भनेझैँ विमानस्थलको फेरिँदो रूपले भविष्यमा आकर्षक ‘बुटिक एयरपोर्ट’(बुटिक विमानस्थल) को रूपमा स्थापित हुने देखिन्छ । त्यस अनुरूपको योजना कार्यक्रम पनि बनिरहेको सरकारी अधिकारी बताउँछन् । हालै एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थललाई बुटिक विमानस्थल बनाउने बताउनुभएको थियो । पर्यटनमन्त्री अधिकारीले पनि बुटिक विमानस्थलको रूपमा स्थापित गरिने उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि परेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो । हालकै संरचनालाई नेपालीपन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरूप काम भइरहेको उहाँले उल्लेख गर्नुभयो । यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने तस्बिर र काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रूप दिने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो । “ससाना कुरालाई सुधार गरेर विमानस्थलको स्तर र रूप फेर्न सकिन्छ भन्ने उदाहरण अहिलेको सुधारले देखाएको छ”, उहाँले भन्नुभयो ।

विमानस्थलको आगमन कक्षमा मुख्य चाडपर्व र समय अनुसारका संस्कृति झल्कने विविध सामग्री सजाइने गरिएको छ । भुइँमा कार्पेट बिछ्याइएको छ भने छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरूका साथ घडा भरिएका कलश राखिएका छन् । कुनैबेला विरक्त लाग्ने विमानस्थलको फेरिदो रूपले अन्तर्राष्ट्रिय जगत्को ध्यान खिच्न थालेको छ ।

आगमनबाट बाहिरिने बित्तिकै १० वटा हरियो र १० वटा कालो प्लेट नम्बरका ट्याक्सी लस्करै देख्छिन् । यात्रुलाई चढ्न मन लागे चढ्छन् नत्र आफ्नै व्यवस्थाले गन्तव्य पुग्छन् । विमानस्थलबाट अलि तल आउँदा व्यवस्थित पार्किङमा भरिभराउ सवारी साधन प्रतिक्षामा छन् । इच्छाअनुसार गन्तव्य पुग्न सकिन्छ ।

पहिलेजस्तै ट्याक्सी चालकको तँछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भिडभाड, फोहोर शौचालय, बस्न नपाएर भुइँमै पल्टिएका यात्रुहरूको अवस्था अहिले दुर्लभ जस्तै बनेको छ । विमानस्थल पुग्ने जो कोहीले पनि झण्डै डेढ महिनाको अवधिमा विमानस्थलको रूप फेरिएको अनुभूति गर्नेछन् । अनि भन्नेछन्, ‘वाह ! फेरिएछ अन्तर्राष्ट्रिय विमानस्थल ।’

विमानस्थलको पार्किङ परिवर्तन असाध्यै प्रभावकारी बनेको छ । पहिला भिडभाड, चोरी लुटपाटका घटनासमेत हुन्थे । अब भने उक्त क्षेत्रमा सुरक्षा जडित यन्त्र सिसिक्यामेरा पनि जडान गरिएको छ । विमानस्थलका इञ्जिनीयर चन्द्रमणि सापकोटाले पहिला ट्याक्सीको भिडभाड हुने क्षेत्रमा सौन्र्दयकरणका लागि बगैँचा बनाएर फूल रोपिने जानकारी दिनुभयो ।

विमानस्थल प्रवेश गर्ने र बाहिरिने सवारीका कारण प्रायः अस्तव्यस्त रहने मुख्य प्रवेशद्वारतर्फको सडक अहिले खुला देखिन्छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिनुपर्नेछ ।
विमानस्थलको शौचालय सफाचट देखिन्छ । सफाइका लागि कर्मचारी खटाइएको छ । टर्मिनल भवनको दोस्रो तलामा सुरक्षा अध्यागमनको प्रक्रिया पार गरेर सुरक्षा चाँज हुनुअघिको खाली ठाउँमा हालै नयाँ कार्पेट बिछ्याइएको छ । ‘ड्युटी फ्रि’ पसलअघिको उक्त स्थानमा नयाँ कार्पेटले सौन्दर्य थपेको छ । विमानस्थल परिसरमा पहिला व्यापारिक होडिङबोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ । रासस