२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मलाको हत्यारा समाईदिन संयुक्त राष्ट्र संघलाई आग्रह



अ+ अ-


काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई हस्ताक्षर संकलन गरी बुझाईएको छ ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले निर्मलाको हतया भएको १५० दिन पुगिसक्दा पनि सरकार र प्रशासनले हत्यामा संग्लगन रहेको हत्यारालाइ समात्न नसकेको भनेर सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा हस्ताक्षर बुझाएका हुन् ।

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आहृवान गर्दै हस्तक्षार अभियान संकलन गरेका थिए ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एकसातादेखि हस्ताक्षर संकलन गरेका थिए ।