६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दिपले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए



अ+ अ-

 

काठमाडौं। अस्ट्रेलियाको घरेलु क्रिकेट बिग बाश लिगमा नेपाली बलर सन्दिप लामिछाने ३ विकेट लिएका छन् ।

आफ्नो दोस्रो खेलमा पनि सन्दिपले सुरुमै प्रभावशाली खेल देखाए हुन् । उनले आफ्नो पहिलो ओभरको तेस्रो बलमै विकेट लिएका हुन् ।

सन्दिपले आफ्नो पहिलो ओभरमा एक विकेट लिँदै  ५ रन दिए ।  उनले ४ ओभरमा २४ रन खर्चेर म्याथु वेड, अलेक्स डूलान र बेन म्याक्डर मोटको विकेट लिएका हुन् ।

सोमबार मेलबर्न होबर्ट हुरिकेन्ससँग ६ विकेटले पराजित भयो । मेलबर्नले दिएको १ सय ५६ रनको लक्ष्य उसले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

पहिलो खेलमा पनि मेलबर्न, सिड्नी थन्डर्ससँग १५ रनले पराजित भएको थियो ।