४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने
अ+ अ-

राजविराज । अगामी तीन महीनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण गर्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महीना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गरी बताउनुभयो । निर्देशक न्यौपानेले जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका तीन लाख ८४ हजार ७८५ जना नागरिकलाई अबको तीन महीनामा परिचयपत्र वितरण गर्ने जानकारी दिनुभयो ।

जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड वितरण गरिने उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ भित्र जिल्लामा नागरिकता प्राप्त गरिसकेका नागरिकको परिचयपत्र बनाइसक्ने लक्ष्य रहेको न्यौपानेको भनाइ थियो ।

नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी नागरिकलाई प्रदान गर्ने उद्देश्य रहेको पनि उहाँले बताउनुभयो ।

नेपाल सरकारले पहिलो चरणका लागि पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि छनोट गरिएकामा सो कार्ड वितरण कार्य शुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले विदेशी कम्पनीबाट दुई लाख ५० हजारको क्षमता भएको सर्भर ल्याएको र केही थप सर्भर थपिने गरी तीन महीनाभित्रै परिचयपत्र वितरण कार्यक्रम शुरू गर्ने निर्देशक न्यौपानेले भन्नुभयो ।

प्रदेशसभा सदस्य नेत्रविक्रम साहले राष्ट्रिय परिचयपत्र वितरण कार्य प्रभावकारी बनाउन नागरिकताबाट वञ्चित भएका तथा जन्मसिद्धका आधारमा नागरिकता लिएका छोरा÷छोरीलाई वंशजका आधारमा दिएजस्तै राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्ने माग गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक व्यक्ति एक परिचयपत्र नम्बरका कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बीमा, पेन्सन सुविधा एवं सरकारबाट दिइने अन्य सेवा सुविधामा भइरहेको चुहावटमा राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस