४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

निकुञ्जमा पर्यटक बढे

निकुञ्जमा पर्यटक बढे
अ+ अ-

चितवन । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक समस्याका कारण प्रभावित बनेको यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या गतवर्षको पाँच महीनाको तुलनामा यस वर्षको सोही अवधिमा बढेको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पाँच महीनामा ७१ हजार ७२० पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आर्थिक वर्ष २०७४/७५ को सोही अवधिमा ५३ हजार ८५ जना मात्रै पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

घिमिरेका अनुसार चालु आर्थिक वर्षको साउनमा ८ हजार ३९४, भदौमा सात हजार ३६३, असोजमा १२ हजार ७९६, कात्तिकमा २६ हजार १६४ र मङ्सिरमा १७ हजार ९७ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । यीमध्ये विदेशी ५० हजार ७६४, सार्क मुलुकका सात हजार ३८७ र नेपाली १३ हजार ६५९ जना रहेका छन् ।

गत आर्थिक वर्षको साउनमा ६ हजार ५२२, भदौमा तीन हजार ८५९, असोजमा ११ हजार ९६९, कात्तिकमा १८ हजार १७१ र मङ्सिरमा १२ हजार ५६४ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । तीमध्ये विदेशी ४० हजार ५३, सार्क मुलुकका चार हजार ४९६ र नेपाली आठ हजार ५३६ रहेका थिए ।

सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । सोही आर्थिक वर्षको वैशाखमा भूकम्प गएपछि, नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक समस्या लगायतका कारण पर्यटकको सङ्ख्या लगातार घट्दै गएको थियो । गत आर्थिक वर्षमा २०७४/७५ मा एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । आव २०७३/७४ मा एक लाख ३९ हजार ९७८ र २०७२/७३ मा ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेका थिए ।

यो तथ्याङ्कलाई हेर्दा गत वर्षभन्दा यसवर्ष पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यसवर्षको पर्यटक आशालाग्दो देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । निकुञ्जको सौराहा, घटगाई, कसरा पुलगेट र देवनगर, वनकट्टा, लौखानी, अमलटारी, कुजौली क्षेत्रबाट पर्यटक मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने गर्दछन् । उनीहरु हात्ती, डुङ्गा, जिप, पैदल मार्फत् ती क्षेत्रको भ्रममा जाने गरेका छन् ।

यस बाहेक पनि चितवनका पर्यटकीय क्षेत्रमा आएर निकुञ्ज प्रवेश नगर्ने पर्यटकको सङ्ख्या पनि ठूलो हुने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षलाई बुकिङ राम्रो

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे विगतका वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन राम्रो रहेको बताउनुहुन्छ । उहाँका अनुसार अङ्ग्रेजी नयाँ वर्षको आसपासको समयका लागि ९० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् । उक्त समयमा होटल शतप्रतिशत भरिभराउ हुने घिमिरेले बताउनुभयो ।

पुस ११ गतेदेखि सौराहामा हात्ती महोत्सव हुनेभएकाले उक्त समयमा पनि पर्यटक आगमन निकै राम्रो हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । घिमिरेका अनुसार नयाँ वर्षपछि जनवरी पर्यटकीय हिसाबले त्यति राम्रो नभए पनि त्यसपछि पर्यटक आगमन क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ ।

उहाँले भन्नुभयो, “पर्यटकीय गतिविधिका सबै अवरोध हटेका छन् । आगमन राम्रो हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” विगतमा भारतीय नाकाबन्दी, भूकम्पका कारण सुस्ताएको यहाँको पर्यटन व्यवसायमा नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नति कार्यले सडक यातायात असहज हुँदा पर्यटक आगमन निराशाजनक रहेको थियो । यस्ता अवरोध सबै हटेकाले पर्यटक आगमनमा राम्रो सुधार हुने अपेक्षा व्यवसायीको छ ।

घिमिरेले हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा चितवन पर्यटक आएकोमा त्योभन्दा बढी पर्यटक यसवर्ष भित्रिने अपेक्षा गरिएको बताउनुभयो । अहिलेसम्मको तथ्याङ्क सकारात्मक रहेको भन्दै उहाँले पर्यटकीय वातावरण नबिग्रिएमा यस आर्थिक वर्ष पर्यटन क्षेत्रका लागि उपलब्धीपूर्ण हुने बताउनुभयो । चितवन आउने पर्यटक सौराहा, जगतपुर, पटिहानी, मेघौलीमा बस्ने गर्दछन् । निकुञ्जसँगै उनीहरूले सूर्योदय देख्न सकिने सिराइचुली, पवित्र तीर्थस्थल देवघाट लगायतका क्षेत्रमा भ्रमण गर्ने गर्दछन् । रासस