१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा लाभग्राही हैरान



अ+ अ-


ललितपुर । कोञ्जेसोम गाउँपालिकाका भूकम्पपीडितले नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा हैरान भएका छन् । दुई फरक कागजातमा भएको विवरण सजिलै सच्याउन नमिल्दा स्थानीयवासीले हैरानी बेहोरिरहेको गाउँपालिकाका प्रवक्ता सुविन्द्र तामाङले बताउनुभयो ।

कतिपय स्थानीयवासीको नागरिकतामा तामाङ हुँदा जग्गाधनी पूर्जामा लामा, गोले, बोम्जनलगायतका तामाङ भित्रका थर छ । नागरिकतामा थर भएका लाभग्राहीको जग्गाधनी पूर्जामा तामाङ छ । त्यो सच्याउनका लागि धेरै निकाय पुग्नुपर्ने बाध्यता रहेको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहले गरेको सिफारिश सजिलै कार्यान्वयन हुँदा स्थानीयवासीलाई सजिलो हुन्थ्यो ।” कतिपय स्थानीयवासीको नागरिकतामा र जग्गाधनी पूर्जामा बीचको नाम ९बहादुर, कुमार, मानलगायत० छुट्दा पनि लाभग्राहीले हैरानी भोगिरहेका छन् ।

भूकम्पपीडितका लागि सरकारले व्यवस्था गरेको अनुदानका लागि स्थानीयवासी धेरै निकायमा धाउनु परिरहेको छ । पुनःनिर्माण प्राधिकरणले स्थानीय तहको बैंकमा पैसा पठाउँदा सहजरुपमा सेवा पाउने उहाँले बताउनुभयो ।

अहिले प्राधिकरणका जिल्लास्थित कार्यालय र बैंकले स्थानीय तहको सिफारिश कार्यान्वयन नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राहीलाई सुविधा दिनका लागि कि त स्थानीय तहको खातामा पैसा पठाउनुपर्छ कि हाम्रो सिफारिश सजिलै कार्यान्वयन हुनुपर्छ ।” रासस