४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल २० स्वर्णसहित च्याम्पियन

नेपाल २० स्वर्णसहित च्याम्पियन
अ+ अ-


काठमाडौँ । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिनुभयो ।

नेपाल खेलकूद विज्ञान प्रतिष्ठान ९सान०ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियरतर्फको कातामा गरी तीन स्वर्ण हात पारेको निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।

स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यू–१४ काता दुवैमा स्वर्ण हात पारे ।

यस्तै दुई स्वर्ण हात पार्नेमा अस्मिता राई, रश्मी पाण्डे, विमला नेपाली र हृषभराज गिरी रहेका छन् । अश्मिताले ५५ केजी कुमिते र यू–१५, रश्मीले ४५ केजी कुमिते र यू–१६ काता, विमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यू–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे ।

सूर्यविक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यू–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए । सिनियरतर्फ अङ्कित गुरुङले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्न सफल भए ।

नेपाल खेलकूद विज्ञान प्रतिष्ठाने विसं २०७२/७३ र ७४ मा राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण हात पार्ने खेलाडीको क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रियस्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उदेश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले पहिलोपटक कराते खेलाडीलाई मुम्बइमा आयोजना भएको प्रतियोगितामा सहभागिता गराएको हो । रासस