२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा सौर्य ऊर्जा जडान



अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ ।

विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।

मालिका गाउँपालिकाको राष्ट्रिय मावि, डाँडागाउँको अमरज्योति मावि र देवीस्थानको भीम माविमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

केन्द्रले एउटा विद्यालयका लागि चार लाख रु ५७ हजार ८९० अनुदान उपलब्ध गराएको थियो । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका थिए । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको भीम माविका प्रअ डम्बर घर्तीले बताउनुभयो । रासस