२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना



अ+ अ-

काभ्रेपलाञ्चोक । धुलिखेलमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लालाई कार्यक्षेत्र बनाइ नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

उक्त कार्यालयले खाद्य भण्डार, खाद्य उद्योग र होटलमा अनुगमन तथा निरीक्षण गर्ने खाद्य निरीक्षक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनुगमनका क्रममा खाद्यान्न शङ्कास्पद भए नमूना सङ्कलन गरेर परीक्षण गरी कारवाहीका लागि सिफारिश गर्छौं ।” खाद्य ऐन २०२३ मा गुणस्तरहीन देखिएमा रू ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै जरिवाना गर्न सकिने व्यवस्था छ ।

तीनवटै जिल्लामा रहेका होटलको खाद्य स्वच्छताका आधारमा वर्गीकरण गरी स्तरीकरण गर्ने र स्टिकर टाँस्ने, विद्यालयस्तरमा स्वच्छता र परीक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, स्थानीय तहको वडास्तरमा स्वच्छता समूह गठन गरी समूहमार्फत अनुगमन निरीक्षण गर्ने र स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सरोकारवाला सहितसंयुक्तरुपमा बजार अनुगमन निरीक्षण गर्ने डिभिजन कार्यालयको उद्देश्य रहेको निरीक्षक भण्डारीले बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाद्य पदार्थमा मिसावट बढ्दै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा यस्ता कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीयस्तर खाद्य प्रयोगशाला तथा काठमाडौँमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ । रासस