२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशस्तरीय नमूना पर्यटन कानून



अ+ अ-

काठमाडौँ । पर्यटन विभागले प्रदेशस्तरबाटै सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले प्रदेशस्तरीय नमूना कानून बनाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा विभागले प्रदेशस्तरीय पर्यटन ऐन, २०७५, प्रदेश पर्यटन नियमावली, २०७५ र पर्यटन उद्योग सेवा प्रवाह कार्यविधि, २०७५ (नमूना) कानूनको मस्यौदा तयार गरेको हो ।

मन्त्रालयबाट प्रवाह गरिने पर्यटन, होटल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक, पर्वतारोहण, ट्राभल तथा ट्रेकिङ एजेन्सी र जलयात्रासम्बन्धी कामकरवाही तथा प्रक्रियालाई छिटोछरितो, व्यवस्थित बनाउन नियमावली र कार्यविधि बनाइएको विभागले जनाएको छ ।

प्रस्तावित नियमावली र कार्यविधिको मस्यौदा सहमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । उक्त मस्यौदालाई कार्यान्वयनका लागि मन्त्रालयले स्वीकृत गरी प्रदेश सरकारलाई पठाउनेछ ।

उहाँका अनुसार सङ्घमा केन्द्रित रहेका होटल, लज, रेष्टुराँ, बार तथा पथप्रदर्शक, पर्वतारोहण, ट्राभल तथा ट्रेकिङ एजेन्सी र जलयात्रासम्बन्धी काम अब प्रदेशलाई दिइनेछ । नयाँ व्यवस्थाअनुरुप तीन तारेसम्मको होटल प्रदेशमै दर्ता गर्न पाइनेछ भने चार तारे माथिका होटल र ठूला लक्जरी रिसोर्टको दर्ता केन्द्रबाटै हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ ।

संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी प्रतिवेदनलाई आधार बनाएर जिम्मा दिने गरी मस्यौदा बनेको महानिर्देशक घिमिरेको भनाइ छ । उहाँले पहिलाको पर्यटन कार्यालयले गरिरहेकै प्रावधानमा रहेर सेवा प्रवाहको जिम्मेवारी प्रदेशलाई दिइनेछ । यसअघि विभागका विभिन्न स्थानमा सेवा प्रवाह गर्ने सात वटा पर्यटन कार्यालय थिए । नयाँ व्यवस्थाअनुसार प्रदेशकै पर्यटन मन्त्रालयअन्तर्गत महाशाखा बनाएर नमूना कानून लागू गरिनेछ । रासस