४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रदेशस्तरीय नमूना पर्यटन कानून

प्रदेशस्तरीय नमूना पर्यटन कानून
अ+ अ-

काठमाडौँ । पर्यटन विभागले प्रदेशस्तरबाटै सेवालाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले प्रदेशस्तरीय नमूना कानून बनाएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा विभागले प्रदेशस्तरीय पर्यटन ऐन, २०७५, प्रदेश पर्यटन नियमावली, २०७५ र पर्यटन उद्योग सेवा प्रवाह कार्यविधि, २०७५ (नमूना) कानूनको मस्यौदा तयार गरेको हो ।

मन्त्रालयबाट प्रवाह गरिने पर्यटन, होटल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक, पर्वतारोहण, ट्राभल तथा ट्रेकिङ एजेन्सी र जलयात्रासम्बन्धी कामकरवाही तथा प्रक्रियालाई छिटोछरितो, व्यवस्थित बनाउन नियमावली र कार्यविधि बनाइएको विभागले जनाएको छ ।

प्रस्तावित नियमावली र कार्यविधिको मस्यौदा सहमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । उक्त मस्यौदालाई कार्यान्वयनका लागि मन्त्रालयले स्वीकृत गरी प्रदेश सरकारलाई पठाउनेछ ।

उहाँका अनुसार सङ्घमा केन्द्रित रहेका होटल, लज, रेष्टुराँ, बार तथा पथप्रदर्शक, पर्वतारोहण, ट्राभल तथा ट्रेकिङ एजेन्सी र जलयात्रासम्बन्धी काम अब प्रदेशलाई दिइनेछ । नयाँ व्यवस्थाअनुरुप तीन तारेसम्मको होटल प्रदेशमै दर्ता गर्न पाइनेछ भने चार तारे माथिका होटल र ठूला लक्जरी रिसोर्टको दर्ता केन्द्रबाटै हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ ।

संविधान कार्य विस्तृतीकरण प्रतिवेदन र प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी प्रतिवेदनलाई आधार बनाएर जिम्मा दिने गरी मस्यौदा बनेको महानिर्देशक घिमिरेको भनाइ छ । उहाँले पहिलाको पर्यटन कार्यालयले गरिरहेकै प्रावधानमा रहेर सेवा प्रवाहको जिम्मेवारी प्रदेशलाई दिइनेछ । यसअघि विभागका विभिन्न स्थानमा सेवा प्रवाह गर्ने सात वटा पर्यटन कार्यालय थिए । नयाँ व्यवस्थाअनुसार प्रदेशकै पर्यटन मन्त्रालयअन्तर्गत महाशाखा बनाएर नमूना कानून लागू गरिनेछ । रासस