२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सपर्ट महोत्वसमा सहभागी हुन क्रिकेट खेलाडी अष्ट्रेलियातर्फ



अ+ अ-


काठमाडौँ । अष्ट्रेलियाको विभिन्न शहरमा हुने एक्सपर्ट महोत्वसमा सहभागी हुन राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी र सुवास प्रधान त्यसतर्फ जाने भएका छन् ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने उक्त महोत्सवमा नेपाली क्रिकेट टोलीले अष्ट्रेलियामा रहेका क्रिकेट समर्थक र खेलाडीसँग अन्तक्र्रिया गर्नाका साथै खेल गतिविधि आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानले जानकारी दिनुभयो ।

उक्त महोत्सव यही पुस १५ गते मेलबर्न, २१ र २२ गते सिड्नी, २६ गते ब्रिसबेन तथा २८ गते एडिलेडमा कार्यक्रममा हुनेछ । एडिलेडमा हुने कार्यक्रममा भने नेपालका तीन खेलाडीसहित अष्ट्रेलियाका विभिन्न क्लबको खेलाडीसँग टि ट्वेन्टी सिरिजको क्रिकेट प्रतियोगितासमेत हुनेछ ।

‘सबै मिलेर नेपाली क्रिकेटको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारा रहेको उक्त महोत्सवमा अष्ट्रेलियमा रहेका अन्य खेलाडीसँग पनि क्रिकेट खेलबारे छलफल गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्काले यस किसिमको महोत्सवले क्रिकेट खेलको विकास हुनाका साथै खेलाडीमा समेत हौसला मिल्ने बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेको ब्राण्ड एम्बेस्डरसमेत रहनुभएका कप्तान खड्कासहितको तीन सदस्य टोली आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछ । रासस