२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरटनको पोस्टमा टोटेनह्यामको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो भएको खेलमा टोटेनह्याम हट्सपरले एभरटनलाई फराकिलो अन्तरमा हराएको छ।

टोटेनह्याम हट्सपरले एभरटनलाई उसकै घरेलु मैदान गुडिसन पार्कमा ६–२ गोल अन्तरमा हार चखाएको हो।
खेलको २१ औं मिनेटमा वाल्कटलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएपनि एभरटनले आधा दर्जन गोल भेटेको हो

टोटेनह्याम हट्सपरले २७ औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले बराबरी गोल फर्काए। त्यसपछि खेलको ३६ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनह्यामको अग्रता २–१ मा झारेका थिए । पहिलो हाफको अन्तिम तीन मिनेटमा इंग्लिस फरवार्ड ह्यारी केनले गोल गर्दै टिमले पहिलो हाफमा ३–१ को अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवात ४८औं मिनेट मा क्रिस्टियन एरिक्सन, ६१ औं मिनेटमा एरिक लामेलाको पासमा सन,७४ औं मिनेटमा ह्यारी केनले सनकै पासमा गोल गर्दै टोलीका लागि आधा दर्जन गोल गर्दै फराकिलो जित पक्का गरे। एभरटनको दोस्रो गोल भने गिल्फी सिगार्डसनले ५०औं मिनेटमा गरेका थिए ।

यो जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलले १८ खेलमा ४८ अंक जोड्दा म्यानचेस्टर सिटी ४४ र टोटेनहम ४२ अंकमा छन्। भने चेल्सी र आर्सनलको समान ३७ रहेको छ ।