२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले दशगजामा एकतर्फि सडक बनाउदा नेपाली बेखबर



अ+ अ-

मोरङ । जहदा गाउँपालिका–१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले एक तर्फि सडक निर्माण गर्न थालेको छ । दशगजा मिच्दै भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा मुसहरी बस्तीबाट नेपाली दशगजासम्म १ किलोमिटर सडक बनाएको हो ।

दशगजा क्षेत्रमा कुनै भैतिक निमार्ण कार्य गर्न नपाईने ब्यबस्था रहेपनि भारतिय पक्षल १७४–२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरपर स्काभेटर चलाउदै पक्कि बाटो बनाएका हो ।

भारतिय पक्षले नेपाली पक्षसँग नसोधि एकतर्फि सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि स्थानियबासी,जनप्रतिनिधि, सशस्त्र प्रहरी र इलाका प्रहरी खटाएर सडक निर्माण रोकेका थिए ।

उक्त सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको १ नम्बर वडा पूर्ण रुपमा जलमग्न हुने भएकाले स्थानियबासी त्रासित बनेका छन् ।