४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारतले दशगजामा एकतर्फि सडक बनाउदा नेपाली बेखबर

भारतले दशगजामा एकतर्फि सडक बनाउदा नेपाली बेखबर
अ+ अ-

मोरङ । जहदा गाउँपालिका–१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले एक तर्फि सडक निर्माण गर्न थालेको छ । दशगजा मिच्दै भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा मुसहरी बस्तीबाट नेपाली दशगजासम्म १ किलोमिटर सडक बनाएको हो ।

दशगजा क्षेत्रमा कुनै भैतिक निमार्ण कार्य गर्न नपाईने ब्यबस्था रहेपनि भारतिय पक्षल १७४–२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरपर स्काभेटर चलाउदै पक्कि बाटो बनाएका हो ।

भारतिय पक्षले नेपाली पक्षसँग नसोधि एकतर्फि सडक निर्माण भइरहेको जानकारी प्राप्त भएपछि स्थानियबासी,जनप्रतिनिधि, सशस्त्र प्रहरी र इलाका प्रहरी खटाएर सडक निर्माण रोकेका थिए ।

उक्त सडक निर्माण भएपछि लोहन्द्रा र जुडी खोलाको पानी वर्षायाममा थुनिएर जहदाको १ नम्बर वडा पूर्ण रुपमा जलमग्न हुने भएकाले स्थानियबासी त्रासित बनेका छन् ।