२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको ‘पे टिभी’ को अग्रणी डिस होमद्वारा इन्टरनेट सेवा दिने तयारी



अ+ अ-

ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटीएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटीएच टेलिभिजन च्यानलहरु हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घर घरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्नमिल्ने गरी सेवा प्रदान गर्दछ ।
पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ ।

उक्त कम्पनीले ललितपुरको भैंसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडको रुपमा सेवा प्रदान गर्न लागेको विषयमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका अध्यक्ष हेमराज ढकालले यस कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– हामीले स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महंगो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।
नेपालमा पे टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले दश वर्षअघि यसको शुरुआत गर्यौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेका छौँ– ढकालले भन्नुभयो ।

नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकोले यस प्रणालीलाई डिजिटल स्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उहाँले डिजीटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउदै लगिने धारणा राख्नुभयो । सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिक रुपमा विक्रीवितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरहरुमध्ये २५ प्रतिशत घरसम्म पहूँच पुर्याएको छ । उक्त कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करिब १५ लाख सेट–टप बक्स विक्री गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागि मात्र पैसा तिर्ने गरेकोले ग्राहकहरुको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानित रुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ । त्यस कम्पनीले भैंसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलहरुको सेवा उपलब्ध गराउने गरेको छ ।

प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उक्त कम्पनीले सञ्चालनमा आएयता ४ अर्ब, १० करोड, ९१ लाख रुपैयाँ राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिकहरु आठ हजार जना रहेका छन् । यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुर्याएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस