४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपालको ‘पे टिभी’ को अग्रणी डिस होमद्वारा इन्टरनेट सेवा दिने तयारी

नेपालको ‘पे टिभी’ को अग्रणी डिस होमद्वारा इन्टरनेट सेवा दिने तयारी
अ+ अ-

ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटीएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटीएच टेलिभिजन च्यानलहरु हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले टेलिभिजन ‘सिग्नल’ लाई नागरिकको घर घरमा रहेका टेलिभिजन सेटसम्म सफा र राम्रोसँग हेर्नमिल्ने गरी सेवा प्रदान गर्दछ ।
पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नौ वर्षदेखि नेपालमा सेवा दिइरहेको छ ।

उक्त कम्पनीले ललितपुरको भैंसेपाटीस्थित छ्यासीकोटमा डिस मिडिया नेटवर्क लिमिटेडको रुपमा सेवा प्रदान गर्न लागेको विषयमा जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका अध्यक्ष हेमराज ढकालले यस कम्पनीबाट आगामी दिनमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– हामीले स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा तयारी शुरु गरेका छौँ, अहिलेसम्मको अनुसन्धानबाट हेर्दा यसरी दिइने इन्टरनेट सेवा अलिक महंगो देखिएको छ तर थप अध्ययन गर्दैछौँ ।
नेपालमा पे टिभी उद्योगको अवधारणा नयाँ भएको र सरकारसँग कानून पनि नरहेको अवस्थामा हामीले दश वर्षअघि यसको शुरुआत गर्यौँ र यहाँसम्म ल्यायौँ, अब हामीले गाउँमा इन्टरनेटको असुविधा भइरहेको स्थानलाई लक्ष्यगरी त्यहाँसम्म यो सेवा पुर्याउने तयारी गरिरहेका छौँ– ढकालले भन्नुभयो ।

नेपालको सूचना प्रणाली हाल अधिकांश पुरानै प्रविधिमा आधारित रहेकोले यस प्रणालीलाई डिजिटल स्वरुपमा विकास गर्न यसमार्फत ठूलो टेवा पुग्ने भन्दै उहाँले डिजीटल सेवाका लागि देशभर यस डिस होमको सञ्जाल पुगेको र त्यसलाई थप प्रभावकारी बनाउदै लगिने धारणा राख्नुभयो । सो सेवाले सन् २००९ मा नेपाल सरकारबाट स्वीकृति लिई व्यापारिक रुपमा विक्रीवितरणको अनुमति पाएको थियो । यस टिभीले हाल नेपालमा टिभी हेरिने घरहरुमध्ये २५ प्रतिशत घरसम्म पहूँच पुर्याएको छ । उक्त कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले हालसम्म सो कम्पनीले करिब १५ लाख सेट–टप बक्स विक्री गरिसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– यो प्रिपेड सेवा (पहिल्यै पैसा तिर्नुपर्ने) सेवा भएको र निश्चित समयका लागि मात्र पैसा तिर्ने गरेकोले ग्राहकहरुको सङ्ख्या घटबढ हुनसक्छ तर अहिलेसम्म यो सेवा अनुमानित रुपमा २५ प्रतिशत टिभी सेटसम्म पुगेको छ । त्यस कम्पनीले भैंसेपाटीको छ्यासीकोटमा स्याटेलाइट रिसिभर राखेको छ । सोही स्थानमा राखिएको ‘अर्थ स्टेन’ बाट सेवा देशभर १७० ओटा टेलिभिजन च्यानलहरुको सेवा उपलब्ध गराउने गरेको छ ।

प्रबन्ध निर्देशक आचार्यले आगामी वर्षसम्ममा २४० टेलिभिजन च्यानलको सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
उक्त कम्पनीले सञ्चालनमा आएयता ४ अर्ब, १० करोड, ९१ लाख रुपैयाँ राजस्व तिरेको छ । यस डिस मिडिया नेटवर्क लिमिटेडमा ४५० जना कर्मचारी छन् भने दक्ष प्राविधिकहरु आठ हजार जना रहेका छन् । यस लिमिटेडले आफ्नो सेवा देशैभरि पुर्याएको छ र नेपालका २० हजार स्थानबाट यो सेवा वितरणको सञ्जाल स्थापना गरिएको पनि सो पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस