४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अज्ञात रोगले एक हजार बाख्रा मरे

अज्ञात रोगले एक हजार बाख्रा मरे
अ+ अ-


राँझा । बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।

दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिनुभयो ।

बाख्राको पेट फुल्ने, मुखबाट ¥याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । “बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन”, उहाँले याचना गर्नुभयो, “गाउँभरि त्रास फैलिएको छ । हाम्रा बाख्रा बचाइदिनुप¥यो ।”

“साँझ चरेर आउँदा ठिकै हुन्छन् रातपरेपछि बिरामी हुन्छन्, मेरामात्रै १४ वटा बाख्रा मरिसके”, कम्दी पदमपुरका किसान ललित शाहीले भन्नुभयो, “गाउँमा सबैका बाख्रा धमाधम मरिरहेका छन् तर गाउँपालिकाले दिएको औषधिले कामै गरेन ।”

बाख्रा मर्नेक्रम नरोकिएपछि कम्दीका बाख्रापालक किसान उपचारको माग गर्दै नेपालगञ्जस्थित भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र आइपुगेका छन् । बाख्रा बिरामी परेको बेला खबर गर्दा गाउँपालिका पशु स्वास्थ्य शाखाबाट चिकित्सक पुग्ने गरे पनि नियमितरुपमा आउने जाने नगरेको कम्दी पदमपुरका किसान टीकाराम योगीले बताउनुभयो ।

“बोलाएका बेला आउनुहुन्छ तर औषधिले काम ग¥यो गरेन वा के कसो भयो भनेर सोध्न आउनुहुन्न”, योगीले भन्नुभयो, “औषधि खुवाउँदा सञ्चो भएजस्तो हुन्छ फेरि एकाएक बिरामी परेर बाख्रा मर्ने गरेका छन् । हाम्रा बाख्राको ज्यान बचाइदिनुप¥यो हाम्रो ठूलो क्षति भइसक्यो ।” उहाँको दुईहप्ताभित्र छ वटा बाख्रा मरिसकेका थिए ।

डुडुवा गाउँपालिका–५ कम्दी सानोखजुराका कुमराज कुम्हालले आफ्ना २४ वटा बाख्रा मरिसकेको जानकारी दिँदै भन्नुभयो, “गाउँपालिकाबाट आएका चिकित्सकको भरपर्दा बाख्रा मरेर सकिन थाले रोग निको नै भएन ।”

डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक तथा पशु चिकित्सक अशोक पाण्डेले रोगको पहिचान गर्नमै समस्या भएको बताउनुभयो । “किसानको फोन आउनासाथ हामी घरमा पुग्ने गरेका छौँ तर औषधि गर्दागर्दै बाख्रा मर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “साँझ ठीक हुन्छ रातभरिमा बिरामी पर्ने र मर्ने गरेकाले रोग पत्ता लगाउने प्रयास गरिरहेका छौँ ।”

कुनै नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणका लागि सुर्खेत पठाइएको चिकित्सक पाण्डेको भनाइ थियो । रोगको पहिचान नभएकाले रोकथाममा समस्या भएको उहाँले बताउनुभयो । रोगको पहिचान र रोकथाममा सहयोगका लागि नेपालगञ्जस्थित केन्द्रमा समेत अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त अस्पतालका प्रमुख डा हरिबहादुर कुँवरले बाख्रा मरेको किसानले जानकारी गराएको बताउनुभयो । स्रोत र साधन सबै स्थानीय तहमै भएकाले आफूले समन्वयमात्रै गर्ने उहाँको भनाइ थियो ।

चिकित्सक कुँवरले यो याममा बाख्राको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बाख्रा बिरामी पर्ने गरेको बताउनुभयो । पौष्टिक आहारयुक्त दाना खुवाएमा रोग लाग्ने सम्भावना कम हुनसक्ने उहाँको सुझाव थियो । रासस