२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको विदेश भ्रमण मोह, एक करोड रुपैयाँ सकियो



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणको क्रममा एक करोड २० लाख २४ हजार ७ सय ७५ रुपैयाँ खर्च गरेका छन् । गत कार्तिक १२ देखि १५ गतेसम्म चार दिने भ्रमणका क्रममा राज्य कोषबाट उक्त रकम खर्चेको स्रोत खुलाएको हो । खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा हुने भएको छ ।

कतारका अमिरको मैत्रीपूर्ण निमन्त्रणामा कार्तिक १२–१५, २०७५ सम्म प्रतिनिधिमण्डलको नेतृत्व गरेर कतार पुगेका उनको भ्रमणको खर्च, भ्रमण खर्च नियमावली, २०६४ वमोजिम व्यवस्थापन गर्ने गरी परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति तथा प्रधानमन्त्रीले गर्ने औपचारिक भ्रमणमा १० जनासम्मको सम्पूर्ण खर्च सम्बन्धीत देशले व्यहोर्ने गर्छ भने बाँकीको स्वयंले गर्नुपर्ने हुन्छ । तर उक्त भ्रमणमा ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल कतार पुगेकाले २७ जनाको भ्रमण खर्च नेपालले नै व्यहोर्नु पर्ने भएको हो ।