२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकमा ७८ हजार रूपैयाँ राख्दा ७८ लाख आएपछि…..



अ+ अ-

काठमाडौं । बैंकको प्राविधिक कमजोरीका कारण अनौठो ठगी भएको सार्वनिक भएको छ। राष्ट्रिय वाणिज्य बैंकको कमजोरीलाई आधार बनाएर नागढुंगा बस्ने सञ्जय श्रेष्ठले सजिलैसँग ७८ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

नयाँपत्रिका दैनिकका अनुसार बैंक ठगीको आरोपमा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबीले पक्राउ गरेको हो। एक रुपैयाँ बैंकमा डिपोजिट गर्दा खातामा सिधै एक डलर जम्मा हुने गरेको र पटक–पटक गरी ७८ हजारसम्म जम्मा गरेर ७८ हजार डलर खर्च गरेको खुलेको हो।

गतवर्ष श्रेष्ठले वाणिज्य बैंकको न्युरोड शाखामा खाता खोलेका थिए। सो खातामा अनलाइन बैंकिङ, मोबाइल बैंकिङ तथा मोबाइल वालेटमार्फत पैसा जम्मा गरे त्यसरी पैसा ट्रन्सफर गर्दा अचम्मै भयो, रुपैयाँमा जम्मा गर्दा सिधै डलर भयो। बैंकको कोर बैंकिङ सिस्टम ९सीबीएस०ले राम्ररी काम नगर्दा यस्तो भएको थियो तर, बैंकले चालै पाएन। यो खबर आजको नयाँ पत्रिकामा छ।