२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने’



अ+ अ-


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा पत्रकारका लागि बहुउपयोगी तालीम केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षणको आज वीरेन्द्रनगरमा समापन गर्दै मुख्यमन्त्री शाहीले अब कर्णाली प्रदेशमा राससको आफ्नै कार्यालय भवन निर्माण गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागि रासससँग समन्वय र सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

सरकारी सञ्चारमाध्यम र राससको समयानुकूल विकास गर्न कर्णाली प्रदेश सरकारले विशेष प्राथमिकता दिने मुख्यमन्त्री शाहीले बताउनुभयो । “पत्रकारितामा धतुरो छर्ने तर बास्मती चामलको कल्पना गर्ने होइन, समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार वा काममा लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कर्णाली स्वर्ग हो र यहाँ नजाँदा जीवन अधुरो हुन्छ भन्ने कुरा बुझाउन तथा यहाँको समृद्धिका लागि सञ्चारमाध्यम लागिपर्नुपर्ने आवश्यक रहेको शाहीले बताउनुभयो ।

प्रशिक्षणमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेखका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका पत्रकार गरी ४४ जना सहभागी थिए । रासस