४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

झापामा हात्ति आतंक, अझै स्थानियबासी त्रसित

झापामा हात्ति आतंक, अझै स्थानियबासी त्रसित
अ+ अ-

भद्रपुर । वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्ला पाँच वर्षयता दक्षिण, पश्चिम झापाको समस्या बनेर ज्यान लिने खेल भइ रहेको छ । मानव हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने झापामा औपचारिक तथ्य रहेको विवरण आर्थिक वर्ष २०६७/०६८ देखि ०७४/०७५ सम्ममा ३२ जना झापालीले हात्तीका कारण झापामा ज्यान गुमाइ सकेका छन् भने १० वटा हात्ती पनि मान्छेका कारण मरेका छन् ।

आर्थिक वर्ष २०७०/०७१ सम्म उत्तरी झापाको बाहुण्डाँगीका नागरिक नै ज्यान गुमाउनेमा धेरै पर्थे भने आर्थिक वर्ष २०७४/०७५ यता भद्रपुर नगर हात्ती आतङ्कको केन्द्रका रूपमा बढ्दै गइ रहेको छ । यसको प्रमुख कारण बाहुण्डाँगीमा निर्माण भएको विद्युतीय तारबार नै भएको स्थानीयको बुझाइ छ ।

भारतको आसामबाट नेपाल प्रवेश गर्ने हात्तीहरुको बथान बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेती बाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्थे तर तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन । साना साना झुण्ड बनाएर मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी, चन्द्रगढी वन क्षेत्र चारआली जंगलमा आश्रय बनाएका हात्तीहरुको एकतृत झुण्डले झापाका साविक गाविसहरु दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, पथरिया, घेरावारी, राजगढ, शरणामती कुमरखोद क्षेत्रमा ५ वर्षयता आतङ्क मच्चाइ रहेका छन् । मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइ दिने प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना भद्रपुर दक्षिण पश्चिम क्षेत्रमा बढ्दै गइ रहेको हो ।यस क्षेत्रमा एउटा मत्त भाले हात्ती सहित दुई झुण्डमा बच्चा सहित १३ वटाको संख्यामा हात्ती रहेको स्थानीय बताउने गर्छन् । बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सकृय देखिन्छ भने ज्यान लिनेमा मत्त भाले अगाडि रहेको छ । यस क्षेत्रमा रहेका यी १३ वटा हात्ती यहीँका रैथाने भएका छन् । भने अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीहरुको प्रवेश हुने हुँदा झापाका बाहुण्डाँगी, बुधबारे, शान्तिनगर, खुदुनावारी, सुरुङ्गा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रुपमा क्षति गर्ने क्रम रोकिएको छैन ।

हात्ती समस्या समाधान सहज विषय नभएको विभिन्न प्रयासको असफलताले पुष्टि गर्दछ । उत्तरी झापाको बाहुण्डाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रूपमा रहेको जंगली हात्ती पूर्ण नियन्त्रण हुन नसके पनि ९५ प्रतिशत नियन्त्रण भएको स्थानीय बताउँछन् । एक करोड २० लाख लगानीमा लगाइएको सौर्य उर्जा सहितको विद्युतीय तारबारले बाहुण्डाँगीमा मानव हात्ती द्वन्द्व ज्यानमारा खेल अन्त्य गराइ दिए पनि पूर्ण समाधान भने भइ सकेको छैन ।

 

तारबारका बीच बीचमा प्रवेश गेट पनि छन् । ती गेटहरू रातको समयमा बन्द गर्ने र दिउँसो खोल्ने गरी स्वयम सेवक कामदार खटाइएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । विभिन्न दबावका कारण कहिलेकाँही रातमा प्रवेश गेट बन्द गर्न स्वयमसेवकहरु असफल हुँदा त्यही मौकामा हात्ती बाहुण्डाँगी क्षेत्रबाट नेपाल प्रवेश गर्ने वातावरण बन्ने गरेको वन कर्मचारीहरु नै स्वीकार गर्छन् । विशेष गरी सुख्खा समयमा वारपार व्यापार गर्ने व्यापारिक समूह र भारतीय प्रशासनको मिलीभगतमा तारबारका प्रवेशद्वारहरु राती खोल्ने गर्दा भारतीय पक्षले हात्ती नेपालतिर धपाइ दिने गरेको स्थानीयको आरोप छ ।

उत्तर पूर्वी झापाको कालो व्यापारिक चालावजी लेनदेन खेलको असर दक्षिण पश्चिम झापाबासीले नियतिका रूपमा भोग्नु पर्ने बाध्यता छ । समस्या समाधानको बाटोतिर गइ सकेको हात्ती आतङ्क आर्थिक उपार्जनको स्वार्थमा रूपान्तरण गर्दा निको नहुने घाउ भएर झापामा हात्ती समस्या बल्झिरहेको हो । यता दक्षिण झापाको हात्ती समस्या हल गर्न गत वर्ष देउवा सरकारले ९ करोड रुपैयाको कार्योजना तयार गरी कामको जिम्मा प्रकृति संरक्षण कोषलाई दिएको थियो तर डेढ वर्ष वित्न लागेपनि कामले कसनै गति लिन नसकेकोमा स्थानीय चिन्तित बनेका छन् ।

योजना स्वीकृत भएको डेढ वर्षे अवधिमा प्रकृति संरक्षण कोष मार्फत काम गरिरहेको भनिएको जैविक मार्ग बनेको वा काम भइरहेको स्थानीय नागरिकले देख्न पाएका छैनन् । विभिन्न गोष्ठी तथा सेमिनारमा मात्र एक करोढ बढी खर्च गरिसकेको जैविक मार्ग निर्माण आयोजनाले हात्ती उपद्रो घटाउने काम गर्न नसकेको प्रति पीँडित स्थानीय भने जनप्रतिनिधिकै लाचारपनले उत्पीडन सहनुपरेको भन्दै आक्रोसित बन्न थालेका छन् ।

नागरिकका समस्या हल गर्नभन्दा आश्वासनका भारी वर्षाउन तल्लीन जनप्रतिनिधि हात्ती नियन्त्रणका लागि बन्ने भनिएको जैविक मार्गको अलमलप्रति बेखवर रहेकोमा पीडित आक्रोसित बन्न बाध्य भएका हुन् ।