६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा हात्ति आतंक, अझै स्थानियबासी त्रसित



अ+ अ-

भद्रपुर । वि सं २०४१ साल यता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती मानव द्वन्द्व नियन्त्रणको पटक पटक गरिएको प्रयास अहिलेसम्म सफल नहुँदा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । तीन दशकसम्म उत्तरी झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती आतङ्क पछिल्ला पाँच वर्षयता दक्षिण, पश्चिम झापाको समस्या बनेर ज्यान लिने खेल भइ रहेको छ । मानव हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने झापामा औपचारिक तथ्य रहेको विवरण आर्थिक वर्ष २०६७/०६८ देखि ०७४/०७५ सम्ममा ३२ जना झापालीले हात्तीका कारण झापामा ज्यान गुमाइ सकेका छन् भने १० वटा हात्ती पनि मान्छेका कारण मरेका छन् ।

आर्थिक वर्ष २०७०/०७१ सम्म उत्तरी झापाको बाहुण्डाँगीका नागरिक नै ज्यान गुमाउनेमा धेरै पर्थे भने आर्थिक वर्ष २०७४/०७५ यता भद्रपुर नगर हात्ती आतङ्कको केन्द्रका रूपमा बढ्दै गइ रहेको छ । यसको प्रमुख कारण बाहुण्डाँगीमा निर्माण भएको विद्युतीय तारबार नै भएको स्थानीयको बुझाइ छ ।

भारतको आसामबाट नेपाल प्रवेश गर्ने हात्तीहरुको बथान बाहुण्डाँगी नाकाबाट नेपाल प्रवेश गरी खेती बाली पाक्ने समयमा ठूलो क्षति गर्ने गर्थे तर तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन । साना साना झुण्ड बनाएर मेची नदी किनारबाट दक्षिण पूर्वी ज्यामिरगढी हुँदै दुवागढी, चन्द्रगढी वन क्षेत्र चारआली जंगलमा आश्रय बनाएका हात्तीहरुको एकतृत झुण्डले झापाका साविक गाविसहरु दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी, जलथल, पृथ्वीनगर, बालुवाडी, बनियानी, पथरिया, घेरावारी, राजगढ, शरणामती कुमरखोद क्षेत्रमा ५ वर्षयता आतङ्क मच्चाइ रहेका छन् । मकै र धान पाक्ने समयमा हात्तीको झुण्डले बाली खाने, नष्ट गर्ने समस्या देखिएको छ भने अन्य सुख्खा समयमा घरमा राखिएको अन्न तथा खाद्यान्न खाइ दिने, घर टहरा भत्काइ दिने प्रतिकार गर्न खोजे मानिसमाथि नै आक्रमण गरी अंगभंग पार्ने, ज्यानै लिनेसम्मका घटना भद्रपुर दक्षिण पश्चिम क्षेत्रमा बढ्दै गइ रहेको हो ।यस क्षेत्रमा एउटा मत्त भाले हात्ती सहित दुई झुण्डमा बच्चा सहित १३ वटाको संख्यामा हात्ती रहेको स्थानीय बताउने गर्छन् । बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सकृय देखिन्छ भने ज्यान लिनेमा मत्त भाले अगाडि रहेको छ । यस क्षेत्रमा रहेका यी १३ वटा हात्ती यहीँका रैथाने भएका छन् । भने अन्न बाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीहरुको प्रवेश हुने हुँदा झापाका बाहुण्डाँगी, बुधबारे, शान्तिनगर, खुदुनावारी, सुरुङ्गा, सतासीधाम, दमक लगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रुपमा क्षति गर्ने क्रम रोकिएको छैन ।

हात्ती समस्या समाधान सहज विषय नभएको विभिन्न प्रयासको असफलताले पुष्टि गर्दछ । उत्तरी झापाको बाहुण्डाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रूपमा रहेको जंगली हात्ती पूर्ण नियन्त्रण हुन नसके पनि ९५ प्रतिशत नियन्त्रण भएको स्थानीय बताउँछन् । एक करोड २० लाख लगानीमा लगाइएको सौर्य उर्जा सहितको विद्युतीय तारबारले बाहुण्डाँगीमा मानव हात्ती द्वन्द्व ज्यानमारा खेल अन्त्य गराइ दिए पनि पूर्ण समाधान भने भइ सकेको छैन ।

 

तारबारका बीच बीचमा प्रवेश गेट पनि छन् । ती गेटहरू रातको समयमा बन्द गर्ने र दिउँसो खोल्ने गरी स्वयम सेवक कामदार खटाइएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । विभिन्न दबावका कारण कहिलेकाँही रातमा प्रवेश गेट बन्द गर्न स्वयमसेवकहरु असफल हुँदा त्यही मौकामा हात्ती बाहुण्डाँगी क्षेत्रबाट नेपाल प्रवेश गर्ने वातावरण बन्ने गरेको वन कर्मचारीहरु नै स्वीकार गर्छन् । विशेष गरी सुख्खा समयमा वारपार व्यापार गर्ने व्यापारिक समूह र भारतीय प्रशासनको मिलीभगतमा तारबारका प्रवेशद्वारहरु राती खोल्ने गर्दा भारतीय पक्षले हात्ती नेपालतिर धपाइ दिने गरेको स्थानीयको आरोप छ ।

उत्तर पूर्वी झापाको कालो व्यापारिक चालावजी लेनदेन खेलको असर दक्षिण पश्चिम झापाबासीले नियतिका रूपमा भोग्नु पर्ने बाध्यता छ । समस्या समाधानको बाटोतिर गइ सकेको हात्ती आतङ्क आर्थिक उपार्जनको स्वार्थमा रूपान्तरण गर्दा निको नहुने घाउ भएर झापामा हात्ती समस्या बल्झिरहेको हो । यता दक्षिण झापाको हात्ती समस्या हल गर्न गत वर्ष देउवा सरकारले ९ करोड रुपैयाको कार्योजना तयार गरी कामको जिम्मा प्रकृति संरक्षण कोषलाई दिएको थियो तर डेढ वर्ष वित्न लागेपनि कामले कसनै गति लिन नसकेकोमा स्थानीय चिन्तित बनेका छन् ।

योजना स्वीकृत भएको डेढ वर्षे अवधिमा प्रकृति संरक्षण कोष मार्फत काम गरिरहेको भनिएको जैविक मार्ग बनेको वा काम भइरहेको स्थानीय नागरिकले देख्न पाएका छैनन् । विभिन्न गोष्ठी तथा सेमिनारमा मात्र एक करोढ बढी खर्च गरिसकेको जैविक मार्ग निर्माण आयोजनाले हात्ती उपद्रो घटाउने काम गर्न नसकेको प्रति पीँडित स्थानीय भने जनप्रतिनिधिकै लाचारपनले उत्पीडन सहनुपरेको भन्दै आक्रोसित बन्न थालेका छन् ।

नागरिकका समस्या हल गर्नभन्दा आश्वासनका भारी वर्षाउन तल्लीन जनप्रतिनिधि हात्ती नियन्त्रणका लागि बन्ने भनिएको जैविक मार्गको अलमलप्रति बेखवर रहेकोमा पीडित आक्रोसित बन्न बाध्य भएका हुन् ।