४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सङ्कटमा लोक संस्कृति

सङ्कटमा लोक संस्कृति
अ+ अ-

गलेश्वर ।  रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजा लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ ।

नयाँ पुस्ता पाश्चात्य गीत÷सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुजस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैँजडी, डम्फु, मौरीबाजा, सारङ्गी, पियानोजस्ता बाजा लोप हुँदै गएका हुन् ।

कुनै बेला खुबै रुचाइने नेपाली मौलिक परम्परागत बाजा क्रमशः हराउँदै गएपछि मौलिक धुन पनि हराउँदै गएकोमा लोकगीत र लोकसङ्गीतका पारखीले चिन्ता व्यक्त गरेका छन् ।

बेनी बजारका गीतकार, गायक तथा सङ्गीतकार सञ्जय श्रेष्ठले नयाँ पुस्ता गिटार, ड्रमसेट, किबोर्डजस्ता पश्चिमेली बाजाको प्रभावमा पर्दै गएपछि परम्परागत नेपालीबाजा लोप हुँदै गएको र मौलिक धुन पनि हराउँदै गएको बताउनुहुन्छ । नेपाली मौलिक बाजालाई विदेशी बाजाको प्रभावले विस्तारै ओझेलमा पार्न थालेको बताउँदै श्रेष्ठले परम्परागत बाजाको प्रयोग घट्दै गएकाले म्याग्दीको लोक संस्कृतिमाथि पनि सङ्कटको अवस्था उत्पन्न भएको बताउनुभयो ।

“म्याग्दीको पहिचान बोकेका यानीमाया, ख्याली, सालैजो जस्ता गीत गाउँदा बजाइने बाजा अहिले पाइनै छोडेका छन्”, सङ्गीतकार श्रेष्ठले भन्नुभयो, “आयातित पश्चिमेली बाजा प्रयोग गरेर यस्ता गीत गाउँदा न गीतको मर्म भेटिन्छ न त धुन र स्वरमा नै मिठास पाइन्छ ।”

नेपाली लोकभाकामा अत्यधिक बज्ने मादल अहिले आधुनिक बाजा भित्रिएसँगै सङ्कटमा पर्दै गएको म्याग्दीका युवा गायक तथा हास्यकलाकार रवि कार्कीले बताउनुभयो । “यसले हाम्रो पहिचान र मौलिकपनालाई ओझेलमा त पारेको छ नै सँगसँगै यी बाजा बजाउने र बनाउनेको जीविकोपार्जनमा समेत समस्या पर्न थालेको छ ।”

पुर्खादेखि नै मादल बनाउने पेशामा संलग्न भकिम्ली चिनाखेतका धनबहादुर विक अहिले यो पेशाबाट मात्र गुजारा चलाउन समस्या भएपछि मादल बनाउन छोडेर डकर्मीको काममा लागेको बताउनुभयो । पच्चीस वर्षअघिसम्म मादलको राम्रै व्यापार भए पनि अहिले यो पेशाले जिउन समस्या परेको कारण पेशा परिवर्तन गर्नुपरेको उहाँको भनाइ रहेको छ ।

मादलका अतिरिक्ति नेपालीको अर्को मुख्य बाजा सारङ्गीको पनि अवस्था अहिले उस्तै रहेको छ । नौ वर्षको उमेरदेखि सारङ्गी बजाउने पेशाकै रूपमा लिएका दिलबहादुर गन्धर्वलाई अहिलेको अवस्थाले निकै विरक्त बनाएको छ । “नौ वर्षको उमेरमा सारङ्गी भिरेर घरबाट निस्केको हूँ, १०–१२ वर्ष अघिसम्म त सारङ्गी बजाएर गाउँघर डुल्दा खुब मानमनितो हुन्थ्यो, पैसा र अन्न पनि राम्रै पाइन्थ्यो”, ५४ वर्षीय दिलबहादुर गन्धर्वले भन्नुभयो, “अहिले त समय फेरियो, मान्छेले सुन्नै चाहँदैनन् ।” अरुका त के कुरा गन्धर्व समुदायले पनि यसप्रति बेवास्ता गर्दा यो बाजा लोप हुने हो कि ? भन्ने चिन्ता लाग्न लागेको उहाँको भनाइ रहेको छ । रासस