२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, ओली तनावमा



अ+ अ-

 

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा)सँग भेटवार्ता गर्ने भएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । उक्त बैठकमा राजापाले सरकारलाई दिएको समर्थन फिर्ता लगायतको विषयमा केन्द्रित रहने स्रोतले बताएको छ । आफुलाई दिएको समर्थान फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले सो दलका नेताहरुलाई विहानै १० बजे बालुवाटार बोलाएका हुन् ।

बालुवाटारमा हुने बैठकमा सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्न प्रधानमन्त्री ओलीले राजपाका अध्यक्ष मण्डललाई आग्रह गर्ने बालुवाटार स्रोतले जनाएको छ। संविधान संशोधनको बिषयमा ठोस निर्णय नहुदाँ पनि नेकपा नेतृत्वको सरकारलाई राजपा नेपालले मुद्दाको आधारमा‌ बाहिरबाट समर्थन गरिरहेको छ।

तर, दुई तिहाई बहुमतले बनेको सरकार गठन भएको एक वर्ष हुनै लाग्दा पनि आफुहरुले राखेको माग प्रति सरकारले कुनै चासो नलिएको भन्दै राजपाले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले प्रधानमन्त्रीले छलफल गर्न बोलाएकोले राजपा अध्यक्ष मण्डल बालुवाटार जान लागेको जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटघाट लगत्तै आज नै १ बजे पार्टी मुख्यालयमा‌ अध्यक्ष मण्डलको बैठक बस्ने महतोले बताएका हुन् ।