१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित



अ+ अ-

धनगढी । नेपाली कांग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगन गरिएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको जानकारी दिनुभयो । 

      धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी गरिएको छ । प्रदेश अधिवेशन गर्ने जिम्मा कैलाली कांग्रेसलाई दिइएको छ । जिल्ला अधिवेशन केन्द्रीय महाअधिवेशनपछि मात्र गर्ने तयारी गरिएको जनाइएको छ ।

       जिल्लामा कांग्रेसको वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र तहको अधिवेशन चरणबद्धरूपमा सम्पन्न भइसकेको छ । जिल्ला सभापतिका आकांक्षी वर्तमान उपसभापति प्रकाश बम, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर ओड, पूर्वउपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, युवा नेता भीम बडुवाल र खेमराज चौधरी कांग्रेसको केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा निर्वाचित भइसक्नुभएको छ । 

       नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गर्नुभएको छ । रावल कैलाली निर्वाचन क्षेत्र नं २ मा भएको महाअधिवेशनबाट प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । काँग्रेस प्रतिनिधिसभा तहको अधिवेशनसम्म आइपुग्दा पूर्वसांसद, मन्त्री, पार्टीको महाअधिवेशन र महासमिति सदस्यको जिम्मेवारीमा पुगिसकेका नेता महाअधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा पराजित हुनुभएको छ । 

       पूर्वमन्त्री सुशिला स्वाँर, पूर्वसांसद गङ्गाबहादुर कुँवर र संविधानसभाका सदस्य बुद्धिसागर चौधरी महाअधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । यस्तै महाअधिवेशन प्रतिनिधिका उम्मेदवार पार्टीका जिल्ला सचिव एवं युवा नेता पूर्ण कुँवरसहित पार्टीका जिल्ला नेता फकिरसिंह खडायत, जङ्गबहादुर साउद, वीरबहादुर हमाल, गोविन्दराज जोशी, पनि पराजित हुनुभएको छ । 

पूर्व महाअधिवेशन प्रतिनिधिद्वय डा लक्ष्मीराज पाठक र आनन्दराज जोशीलगायतका नेताले वडा तहको अधिवेशनबाटै पराजय व्यहोरेका छन् । कांग्रेसको महाअधिवेशन प्रतिनिधिका उम्मेदवार वरिष्ठ पत्रकार मनमोहन स्वाँर र उमीदप्रसाद बाग्चन्द पनि पराजित हुनुभएको छ । नाम चलेका नेता पराजित हुँदा यसअघि त्यति चर्चामा नआएका कतिपय नेता कांग्रेसको महाअधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।