१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आफैँले रेल किन्ने, के पुरा होला त ओलीको सपना ?



अ+ अ-

काठमाडौं । जयनगर–कुर्था (३५ कि.मी) दुरीमा चलाउने रेल नेपाल आफैँले किन्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले आफ्रनै लागानीमा भारतसँग एक सेट रेल किनेर नेपाल भित्र्याउन लागिएको हो ।

हाल साईकलको गतिमा चल्ने रेललाई बिस्थापित गरेर नयाँ रेल किन्ने प्रस्ताव नेपाल रेलवे विभागले भारत सरकार समक्ष पठाइ सकिएको छ। बिभागको अनुसार सरकारको निर्णय अनुसार नै तत्कालका लागि एक सेट रेल किन्न प्रस्ताव पठाईएको हो ।

यसअघि पुस पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न भनेर पचास करोड रूपैयाँ बजेट छुट्टाई सकेको छ । दुई सेट रेल किन्न झन्डै १ अर्ब लाग्ने भए पनि सरकारले पहिलो चरणमा आधा रकम छुट्याएको हो।

हाल भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए।