४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला

तरकारी खेतीबाट घर खर्च जुटाउँदै महिला
अ+ अ-

भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–३ विचपुरीका सिसाली चौधरी कुनै बेला घरको काम र खेतीपातीको समयमा बिताउनुहुन्थ्यो ।

गाउँमा दातृ निकायबाट तरकारी खेतीसम्बन्धी तालिम पाएपछि अन्न खेती छाडेर व्यावसायिक तरकारी खेतीमा समय खर्चिनुभएकी चौधरी हरेक दिन बिहान भीमदत्तनगर बजारमा टोकरीमा तरकारी बेच्नुहुन्छ ।

“बेलुकीतर्फ तरकारी खेतमा गएर गोडमेल र स्यहारामा बिताउँछु ।” चौधरीले भन्नुभयो, “चार किलोमिटर हिँडेर दैनिक तरकारी बेच्न जान्छु ।” छ वर्षदेखि तरकारी उत्पादन तथा बिक्रीमा लागि रहनुभएकी चौधरीले पछिल्लो समय तरकारी खपतको समस्या रहेको बताउनुभयो । “तरकारी बेचेर घर र बच्चाको पढाइ खर्च जुटाएको छु ।” उहाँले भन्नुभयो, “गाउँमा हरेक घरमा चौधरी समुदायले तरकारी खेती गर्दैछन् ।”

उहाँले तरकारी खेतीमा महिला आर्कषण बढिरहेको बताउँदै तरकारी कृषकलाई सरकारले दिने अनुदान तथा सहुलियत नपाएको गुनासो पोख्नुभयो । “अन्य क्षेत्रका किसानले सम्बन्धित कार्यालयबाट तरकारीको बीउबिजनदेखि मलसम्मको अनुदान पाएको सुन्छौँ ।” उहाँले भन्नुभयो, “हाम्रो गाउँमा त अनुदानका नाममा केही पनि दिएको छैन ।”

गाउँमा ३५ महिलाले विगत केही वर्षयता तरकारी खेतीमा जुटिरहेको उहाँले जानकारी दिनुभयो । “अन्नबालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि यहाँ प्रायले तरकारी लगाउन थालेका छन् ।” चौधरीले भन्नुभयो, “बजारका गल्लीगल्लीमा ताजा तरकारी हरेक दिन बिहान पुर्याएका छौँ ।”

जैविक र ताजा तरकारी उपभोक्ताको घर आँगनमै पुर्याउँदासमेत तरकारीको उचित मूल्य नपाएको किसानको भनाइ छ । विचपुरमा महिलाले हाल काउली, मुला, गोलभेँडा, हरियो खुर्सानी, भन्टा, आलुलगायतका तरकारी फलाएका छन् । त्यसैगरी गाउँकै जैसरा चौधरीले गाउँमा छाडा पशुका कारण तरकारी खेतीमा समस्या भइरहेको बताउनुभयो । “रातभरि छाडा गोरुले तरकारी खाएर सखाफ पार्दैछन् ।” उहाँले भन्नुभयो, “तरकारी बचाउन रातभरि जागाराम बस्नुपर्ने अवस्था छ ।” तरकारी बिक्रीबाट दैनिक रु ९०० देखि एक हजार २०० सम्म कमाइ हुने गरेको उहाँको भनाइ छ ।

पाँच कट्ठा जमीनमा तरकारी गरिरहनुभएकी चौधरीले तरकारी उत्पादन गर्ने महिलाले कहीँबाट प्रोत्साहन नभएको बताउनुभयो । “गत वर्ष भन्टा बेचेर मात्रै रु ६० हजार आम्दानी गरेँ ।” उहाँले भन्नुभयो, “तरकारीको कमाइले धेरै नभए पनि घर खर्च चलेको छ ।”कञ्चनपुरका ग्रामीण भेगमा पछिल्लो समय तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गइरहेको छ । जसका कारण भारतीय तरकारीको आयात यहाँ घट्दै गइरहेको छ । रासस