२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी अभावले समस्या भएको सामाजिक विकासमन्त्री दुलालको गुनासो



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षाअनुसार काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वीकृत कार्यक्रम, वार्षिक बजेट, सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमबारे जानकारी दिँदै उहाँले कर्मचारीको अभावमा सहजरूपले काम गर्न समस्या भएको बताउनुभएको हो ।

जनताको अपेक्षाअनुसार पारदर्शी शासन व्यवस्था कायम गर्न र पारदर्शिता अपनाउन आफ्नो मन्त्रालय लागेको बताउँदै उहाँले यसअन्तर्गतका सात विभागमध्ये तीनवटामा विभागीय प्रमुख र आवश्यकताअनुसार कर्मचारी छैन भन्नुभयो । कर्मचारी अभावले बजेट कार्यान्वयन, अनुगमन तथा कार्यसञ्चालन गर्न समस्या भएको उहाँको भनाइ थियो । रासस