४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार

सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार
अ+ अ-

धादिङ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्र्णोद्धार गरेको छ ।

मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो । देवीदत्त गण गजुरीको ८० जनाको समूहले दुई दिन लगाएर सो गढीको मर्मत गरी जीर्णोद्धार गरेको नेपाली सेनाका सेनानी गौरव सिलवालले बताउनुभयो ।

सेनाले ऐतिहासिक गढी, कोट संरक्षण र प्रवद्र्धन गर्न तथा एतिहासिक महत्वका यस्ता ठाउँ भावी पुस्ताका लागि सुरक्षित रख्न लागेको देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

सेन राज्य संरक्षण गर्न करीब दुई सयवर्ष पहिले निर्माण गरिएको गढीको भग्नावशेष मात्र फेला परेको र शिलालेख तथा अन्य ऐतिहासिक सामग्री गढीबाट केही वर्ष पहिलेदेखि हराएको गाउँवासीले बताएका छन् ।

पचासदेखि ६० व्यक्ति गढीभित्र बस्न मिल्ने र आफ्नो सुरक्षाको प्रबन्ध गर्नका लागि मुख्य गढी बनाइएको पाइन्छ । सँगै उत्तरपट्टी सहायक गढी भेटिएको छ । जीर्णोद्धारको क्रममा सेनाको टोलीले सहायक गढी पनि फेला पारेको थियो ।

पहिले गढी भएको सो क्षेत्रमा केही मानिसले मात्र खेती गरेका थिए । हाल गढीको भित्रपट्टिसमेत खेती गरेर गढी भत्काइएको अवस्था छ । सेनाले गढीसम्म जान तल चौकीदेखि गोरेटो बाटो निर्माण गरेको छ । गढीमा सूचना पाटीसमेत राखेर सफा पारिएको छ । भत्किएको पर्खाल लगाइएको छ । मुख्य गढीको पूर्वपट्टि रहेको बलि दिने मौलाको समेत सरसफाइ गरिएको छ ।

गढीको वरिपरि केहि सुरुङसमेत भेटिएको छ । यसको खोजी गरिएको छैन । केही सुरुङबाट तातो हावा आइरहन्छ । भग्नावशेष गढीको संरक्षण गर्न योजना बनाएर गाउँपालिकासमेत लाग्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो ।

चेपाङ बसोबास क्षेत्रमा रहेको कान्द्राङ्गढी पुथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर मलेखु–भण्डारा पर्यटकीय चेपाङ मार्गअन्तर्गत कच्ची सडक यात्रापछि पुगिन्छ । यो स्थान समुद्र सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ । रासस