२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा कान्द्राङ्गढीको जीर्णोद्धार



अ+ अ-

धादिङ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले मकवानपुरका सेन राज्य संरक्षणका लागि निर्माण गरिएको दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ कान्द्राङ्गढीको नेपाली सेनाले जीर्र्णोद्धार गरेको छ ।

मकवानपुरका सेन राजाले गोरखाली फौजसँग राज्य जोगाउन बनाएको कान्द्राङ्गढी संरक्षणको अभावमा भग्नावशेष बनेको थियो । देवीदत्त गण गजुरीको ८० जनाको समूहले दुई दिन लगाएर सो गढीको मर्मत गरी जीर्णोद्धार गरेको नेपाली सेनाका सेनानी गौरव सिलवालले बताउनुभयो ।

सेनाले ऐतिहासिक गढी, कोट संरक्षण र प्रवद्र्धन गर्न तथा एतिहासिक महत्वका यस्ता ठाउँ भावी पुस्ताका लागि सुरक्षित रख्न लागेको देवीदत्त गणका प्रमुख सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो ।

सेन राज्य संरक्षण गर्न करीब दुई सयवर्ष पहिले निर्माण गरिएको गढीको भग्नावशेष मात्र फेला परेको र शिलालेख तथा अन्य ऐतिहासिक सामग्री गढीबाट केही वर्ष पहिलेदेखि हराएको गाउँवासीले बताएका छन् ।

पचासदेखि ६० व्यक्ति गढीभित्र बस्न मिल्ने र आफ्नो सुरक्षाको प्रबन्ध गर्नका लागि मुख्य गढी बनाइएको पाइन्छ । सँगै उत्तरपट्टी सहायक गढी भेटिएको छ । जीर्णोद्धारको क्रममा सेनाको टोलीले सहायक गढी पनि फेला पारेको थियो ।

पहिले गढी भएको सो क्षेत्रमा केही मानिसले मात्र खेती गरेका थिए । हाल गढीको भित्रपट्टिसमेत खेती गरेर गढी भत्काइएको अवस्था छ । सेनाले गढीसम्म जान तल चौकीदेखि गोरेटो बाटो निर्माण गरेको छ । गढीमा सूचना पाटीसमेत राखेर सफा पारिएको छ । भत्किएको पर्खाल लगाइएको छ । मुख्य गढीको पूर्वपट्टि रहेको बलि दिने मौलाको समेत सरसफाइ गरिएको छ ।

गढीको वरिपरि केहि सुरुङसमेत भेटिएको छ । यसको खोजी गरिएको छैन । केही सुरुङबाट तातो हावा आइरहन्छ । भग्नावशेष गढीको संरक्षण गर्न योजना बनाएर गाउँपालिकासमेत लाग्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो ।

चेपाङ बसोबास क्षेत्रमा रहेको कान्द्राङ्गढी पुथ्वी राजमार्गको मलेखुबाट २२ किलोमिटर मलेखु–भण्डारा पर्यटकीय चेपाङ मार्गअन्तर्गत कच्ची सडक यात्रापछि पुगिन्छ । यो स्थान समुद्र सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ । रासस