२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभागीय टिमको फितलो प्रदर्शन, रियल म्याड्रिड कल्बको जस्तै पतन हुन सुरु



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी पचाएको पुलिस पछिल्ला वर्षमा कमजोर बन्दै गएको हो ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उकृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताउनुभयो । “ठूलो क्लबले राष्ट्रिय टोलीका साथै विदेशी खेलाडी तथा प्रशिक्षक क्लबमा ल्याउन थाले, हाम्रोमा भएका केही राम्रा खेलाडीलाई पनि जोगाउन सकिएन र क्लब कमजोर बन्दै गयो ।”
त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको त्रिभुवन आर्मी र शसस्त्र प्रहरीले पनि जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबले पनि जारी लिगमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन ।

उद्घाटन खेलमा तालिकाको पुछारमा रहेको एनआरटीसँग बराबरी खेलेको आर्मीले पछिल्ला खेलहरूमा जित निकाले पनि १० औँ चरणमा एपिएफसँग पराजित भएपछि आर्मी पनि उपाधि होडबाट बाहिरियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्ला वर्षहरू आर्मीको खेलमा सुधार आएको दाबी गर्नुभयो ।

“आर्मीलाई यसअघि पावर गेम खेल्थ्यो भन्ने अरोपबाट मुक्त गराएको छु, जारी लिगको उद्घाटन खेलमा कमजोर टोलीसँग बराबरी र एपिएफसँगको नसोचेको पराजयपछि उपाधि होडबाट बाहिरियौँ”, उहाँले भन्नुभयो ।