२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी विमानस्थलमा उडान बन्द



अ+ अ-

धनगढी । धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताउनुभयो ।

धावन मार्गको करीब २५० मिटर लामो भागमा चिरा परेको र केही भाग धस्सिएकाले मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो । साँझ ६ बजेपछि भने निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढी–काठमाडौँ उडान गर्ने जनाइएको छ ।

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन काठमाडौँ–धनगढीको उडान भर्दै आएको थियो । यस्तै निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढीसम्म दैनिक दुई र सौर्य एयरलायन्सले पनि काठमाडौँ–धनगढीसम्म दैनिक दुई उडान भर्दै आएको थियो ।

कम ‘भिजिविलिटी’ भएको अवस्थामा पनि उडान भर्न सक्ने बुद्ध एयरले मर्मतसम्भारका समयमा पनि साँझ हवाइ सेवा दिन लागेको जनाइएको छ ।

दैनिक झण्डै ६०० यात्रु यो विमानस्थलबाट काठमाडौँ धनगढी आवागमन गर्दै आएका छन् । लामो धावनमार्ग भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिकोे दोस्रो धनगढी विमानस्थल स्तरोन्नति भइरहेको हो । रासस