२७ मंसिर २०८२, शनिबार
,
Latest
राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनामा गभर्नरको मृत्यु



अ+ अ-

सोमबार हेलिकप्टर दुर्घटना हुँदा गभर्नर र उहाँका श्रीमान् सहित एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उहाँकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो ।

मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिनुभयो ।

साथै, दुर्घटनामा हेलिकप्टरका दुई चालक र एकजना सहयोगीको समेत मृत्यु भएको छ । पुब्लाको सान्ता मारिया कोरोनान्गो क्षेत्रबाट उडेको १० मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो ।

गभर्नर अलोन्सोले गत डिसेम्बर १० मा मात्र पदभार ग्रहण गर्नुभएको थियो । उहाँ पुब्लाको पहिलो महिला गभर्नर हुनुहुन्थ्यो । उहाँका पति सन् २०११ देखि २०१७ सम्म पुब्लाको गभर्नर हुनुहुन्थ्यो । रासस