४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काबुल आक्रमणमा ४३ जना मारिए

काबुल आक्रमणमा ४३ जना मारिए
अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी सहर काबुलस्थित एक सरकारी कार्यालयको परिसरमा सोमबार भएको आत्मघाती आक्रमण सहित गोली हानाहान हुँदा कम्तीमा ४३ जना मारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी काबुलमा भएको यो आक्रमण यस वर्ष भएका घातक आक्रमणमध्ये एक हो ।

उक्त आक्रमणको कुनै पनि विद्रोही समूहले मङ्गलबारसम्म जिम्मेवारी लिएको छैन । अफगानिस्तानमा जारी युद्धबाट सरकारी फौज, सर्वसाधारण र लडाकू समेतका हजारौं व्यक्तिले ज्यान गुमाइरहेका छन् ।

सार्वजनिक निर्माण मन्त्रालयको परिसरमा भएको उक्त आक्रमणबाट अरु १० जना घाइते भएका छन् । मन्त्रालयका प्रवक्ता वाहीद मजरोहका अनुसार बन्दुकधारीहरु मन्त्रालयभित्र गोली चलाउँदै भित्र पसेका थिए । उनीहरुले मन्त्रालयको प्रवेशद्वारमा कार बम पनि विस्फोट गराएका थिए । आतङ्कित भएका सरकारी कर्मचारीहरुबीच आफ्नो ज्यान जोगाउन भागदौड मच्चिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार केही कर्मचारी ज्यान जोगाउन मन्त्रालयको माथिल्लो तलाका झ्यालबाट हाम फालेका थिए ।

घन्टौंसम्म अरु सयौं कर्मचारी मन्त्रालयभित्रै बन्धक बनाइएका थिए । सरकारी सुरक्षा फौज र लडाकू समूहबीच घन्टौसम्म गोली हानाहान भएको थियो ।

सरकारी फौजको कारबाहीमा आत्मघाती आक्रमणकारी समेत कम्तीमा चारजना लडाकू मारिएका थिए भने ३५० भन्दा बढी मानिसलाई मुक्त गरिएको थियो । अधिकारीहरुले मारिने र घाइते हुने अधिकांश व्यक्ति सर्वसाधारण नागरिक छन् ।

अफगानिस्तानमै गत महिना पनि एउटा धार्मिक कार्यक्रममा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५५ जना मारिएका थिए ।

राष्ट्रपति अस्ररफ घानीले युद्धभूमिमा पराजित भएपछि आफ्नो कमजोरी ढाकछोप गर्न निहत्था नागरिकमाथि आतङ्कवादी आक्रमण भएको बताउनुभएको छ । “उनीहरुले गरेका हरेक आक्रमण हाम्रा नागरिक विरुद्ध छ ।”
अफगानिस्तानको सर्बाधिक ठूलो लडाकू समूहले यसै वर्ष सबैभन्दा ठूलो इलाका आफ्नो नियन्त्रणमा पारेको छ । लडाकूकको आक्रमणबाट अहिलेसम्मकै ठूलो संख्यामा सैनिक मारिएका छन् ।

अफगानिस्तानको शान्ति सुरक्षामा सुधार ल्याउने उपायको खोजी गर्न अमेरिकी नेतृत्वमा वार्ताको पहल भइरहेको छ । अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तान सरकार, पाकिस्तान तथा विद्रोही तालिबान समेतका पक्षसँग वार्ता गरिरहनुभएको छ । रासस