४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

११ औँ चरणका खेल बुधबारदेखि

११ औँ चरणका खेल बुधबारदेखि
अ+ अ-

काठमाडौँ । जारी लिगअन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि हुँदैछन् । दशौँ चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यसमा बुधबार तीन, बिहीबार र शुक्रबार दुई/दुई खेल हुनेछन् ।

बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । बुधबार नै हुने तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा खेल हुनेछ ।

बिहीबार हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लब तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । उपाधि होडमा रहेको मनाङ र मनाङलाई पच्छ्याइरहेको सङ्कटाबीचको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । सङ्कटा र मनाङबीचको खेल मनाङले जिते दुई खेलअगावै मनाङले लिगको उपाधि जित्नेछ ।

त्यसैगरी ११ औँ चरणको अन्तिम खेल शुक्रबार हुनेछ । शुक्रबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेल नेपाल पुलिस र थ्रीस्टार क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्रिस्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ स्थानमा छन् ।

यसैगरी १४/१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ/आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ/छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ र न्युरोड टिम (एनआरटी) चार अङ्क साथ तालिकाको अन्तिम स्थानमा छ ।

उच्च गोलकर्ता धिमाल

जारी लिगमा थ्री स्टारका रञ्जित धिमाल उच्च गोलकर्ता रहेका छन् । उनले अहिलेसम्म सात गोल गरिसकेका छन् । मनाङका अफिज ओलावालेले र अन्जन विष्टले छ/छ गोल गरिसकेका छन् । त्यस्तै थ्रीस्टारका रञ्जन विष्ट, एपिएफका रुपनारायण लामा र एलोन म्याक्सुएलले समान चार/चार गोल गरिसकेका छन् । जारी लिगमा छ वटा मात्र रेड कार्ड प्रयोग भएको छ ।