६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ औँ चरणका खेल बुधबारदेखि



अ+ अ-

काठमाडौँ । जारी लिगअन्तर्गत ११ औँ चरणका खेल बुधबारदेखि हुँदैछन् । दशौँ चरणको खेलपछि चार दिनको विश्राम गरेर ११औँ चरणका खेलहरू बुधबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । त्यसमा बुधबार तीन, बिहीबार र शुक्रबार दुई/दुई खेल हुनेछन् ।

बुधबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । बुधबार नै हुने तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा खेल हुनेछ ।

बिहीबार हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लब तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । उपाधि होडमा रहेको मनाङ र मनाङलाई पच्छ्याइरहेको सङ्कटाबीचको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । सङ्कटा र मनाङबीचको खेल मनाङले जिते दुई खेलअगावै मनाङले लिगको उपाधि जित्नेछ ।

त्यसैगरी ११ औँ चरणको अन्तिम खेल शुक्रबार हुनेछ । शुक्रबार हुने पहिलो खेलमा सरस्वती युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेल नेपाल पुलिस र थ्रीस्टार क्लबबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्रिस्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ स्थानमा छन् ।

यसैगरी १४/१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ/आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ/छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ र न्युरोड टिम (एनआरटी) चार अङ्क साथ तालिकाको अन्तिम स्थानमा छ ।

उच्च गोलकर्ता धिमाल

जारी लिगमा थ्री स्टारका रञ्जित धिमाल उच्च गोलकर्ता रहेका छन् । उनले अहिलेसम्म सात गोल गरिसकेका छन् । मनाङका अफिज ओलावालेले र अन्जन विष्टले छ/छ गोल गरिसकेका छन् । त्यस्तै थ्रीस्टारका रञ्जन विष्ट, एपिएफका रुपनारायण लामा र एलोन म्याक्सुएलले समान चार/चार गोल गरिसकेका छन् । जारी लिगमा छ वटा मात्र रेड कार्ड प्रयोग भएको छ ।