६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुर्जामा पर्यटकको चहलपहल



अ+ अ-

म्याग्दी । चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पर्यटकको चहलपहल बढेको छ ।

प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने क्रम बढेको हो । धेरै किसिमको विशेषता बोकेको गुर्जा गाउँमा हिजोआज दिनहुँजसो पर्यटक आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पछिल्लो तीन महीनामा करीब एक सय जना विदेशी पर्यटक गुर्जा भ्रमणमा आएका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार दैनिक चार/पाँच जनाको अनुपातमा स्वदेशी पर्यटक पनि गुर्जा पुग्ने गरेका छन् ।

गुजुमुज्ज परेका परम्परागत शैलीका घर भएको बाक्लो बस्ती, छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु, पृष्ठभूमिमा देखिने हिमालको सौन्दर्य गुर्जाको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउँछ । पैदलयात्राका क्रममा वनजङ्गल, हिमशृङ्खला, वनस्पति, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

पर्यटक आगमन बढ्न थालेपछि गुर्जाका बासिन्दाले पाहुनाको सुविधाका लागि घरवास सेवा (होमस्टे) सञ्चालन गरेका छन् । छ वटा घरमा पचासजना क्षमताको होमस्टे सञ्चालन गरिएको हिमाली आमा समूहकी अध्यक्ष सीता छन्त्यालले बताउनुभयो । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्ने, छन्त्याल संस्कृति देखाउने गर्छन् ।

होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाले होमस्टे सम्बन्धी तालीमका लागि हिमाली कृषि सहकारी संस्थामार्फत अनुदान र घुम्ती कोष उपलब्ध गराएको छ ।

पर्यटन विकासका लागि होमस्टे सञ्चालनमा सहयोग गरिएको परियोजनाका जिल्ला संयोजक राजेन्द्र लोहारले बताउनुभयो । गुर्जाको होमस्टे प्रभावकारी भएको उहाँले बताउनुभयो । होमस्टे नहुँदा गाउँमा पुग्ने पर्यटक व्यक्तिका घरमा बास बस्ने गरेका थिए ।

लुलाङदेखि जङ्गल र भिरको बाटोमा आठ घण्टाको पैदल हिँडेपछि पुगिने गुर्जादेखि गतवर्ष ढोरपाटन शिकार आरक्षको रुघाचौर जोड्न पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको रु दश लाख अनुदानमा निर्माण भएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।

देउरालीदेखि गुर्जातर्फ जाने पदमार्ग पनि निर्माण भएको थियो । यस वर्ष पनि पदमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने वडाध्यक्ष छन्त्यालले बताउनुभयो । पैदलयात्रासँगै घोडचढी सुविधा पनि छ । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ । गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचऔँलेलगायत दुर्लभ ५० भन्दा बढी वनपैदावार र जडीबुटी पाइन्छन् । रासस