६ आश्विन २०८१, आईतवार
,
Latest
‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी मुद्दाका दोषी जेल चलान



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७४ असोज ३० गतेको फैसलाले तीन वर्ष कैद र रु तीन लाख जरिवाना ठहर भई फरार हुँदै आएका थापा सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागार चलान भएका हुन् । फरार थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँबाट पक्राउ गरी सोमबार फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार उनी कारागार चलान भएको ब्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

विसं २०७१ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिबिना नै उनीसमेतका व्यक्तिले मकाउ पठाइदिने प्रलोभन देखाइ रु नौ लाख ठगी गरेको आरोपमा वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा परेको थियो ।

डम्बरजङ सारुमगर समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा न्यायाधिकरणले तीन वर्ष कैद र रु तीन लाख जरिवानाको फैसला सुनाएको थियो । पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जना रकमसहित हुन आउने रु १३ लाख ५० हजार भराइ दिने फैसला गरेको थियो ।