६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि शेयर बजार घट्यो



अ+ अ-

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ बिन्दुले घटेर २५२ दशमलव ४१ बिन्दुमा झरेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार बैंकिङ चार दशमलव ५६, होटल २१ दशमलव ५०, विकास बैंक आठ दशमलव ८१, जलविद्युत् ११ दशमलव शून्य पाँच, वित्त दुई दशमलव ३७, निर्जीवन बीमा २४ दशमलव ३६, उत्पादन नौ दशमलव ४१, अन्य शून्य दशमलव ६९, लघुवित्त १३ दशमलव ८४ र जीवन बीमा २९ दशमलव ३६ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टीपर्पोज फाइनान्स कम्पनी, प्राइम बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयरधनीले आज कमाएका छन् । रासस