४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वातावरण उपसमितिले सरकार र स्थानीयको सुझाव लिने

वातावरण उपसमितिले सरकार र स्थानीयको सुझाव लिने
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाअन्र्तगत वन तथा वातावरण उपसमितिकोे आजको बैठकले समितिमा माडीका बासिन्दाले बुझाएको ज्ञापनपत्र तथा अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माण गर्ने सम्बन्धमा भिन्दाभिन्दै निर्णय गरेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गत गठित उक्त उपसमितिमा माडी नगरपालिकाले मङ्सिर २६ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७५ मा विभिन्न मुद्दा थप गर्न अनुरोध गर्दै समितिलाई ज्ञापनपत्र बुझाएको थियो ।

समितिका सदस्य शान्तिमाया तामाङ पाख्रीनको अध्यक्षतामा आज सिहंदरबारमा बसेको बैठकले माडीका स्थानीय जनताको छलफलबाट प्राप्त निचोडलाई ऐनमा समावेश गर्न वन मन्त्रालयको सुझाव माग्ने र चितवन राष्ट्रिय निकुञ्जले ढाकेको क्षेत्र मध्यवर्ती क्षेत्र (बफर जोन) आसपासमा बसोवास गर्ने स्थानीय जनताको भावना बुझ्न स्थलगत भ्रमणमा जाने निर्णय गरेको छ ।

माडीका बासिन्दाले ऐनमा जङ्गली जनाबरले पुर्याएको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, उपभोक्ता समिति गठन गर्ने अधिकार नगरपालिकालाई हुनुपर्ने, निकासी गरिएका काठको राजश्व नगरपालिकाले असुल गर्न पाउनुपर्ने लगायतका २० बुँदा थप गर्नुपर्ने माग ज्ञापनपत्रमार्फत अघि सारेका थिए ।

उपसमितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा अधिकतम वन क्षेत्र विनास नहुने गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । उपसमितिको आजको बैठकमा समितिका सभापति पूर्णकुमारी सुवेदी, शान्ता चौधरी, भूपेन्द्रबहादुर थापा, राजबहादुर बुढा, चन्द्रकान्त चौधरी, सत्यनारायण शर्मा खनाल, राधाकुमारी ज्ञवालीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस