४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृषि कार्यालयका प्रमुखसहित १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

कृषि कार्यालयका प्रमुखसहित १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
अ+ अ-


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिड किट्स वितरणमा अनियमितता भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला कृषि विकास कार्यालय दैलेखका तत्कालिन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा.नरहरि घिमिरेसहित प्रमुखसहित १२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषिका कर्मचारी र ठेकेदारको आपसि मिलेमतोमा सिड किट्स खरिद नै नगरी खातामा खरिद गरेको भनेर ढुवानीको रकम समेत खुलाई नक्कली विल भर्पाई बनाएर ठगि लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, वागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा, लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र सव इन्जिनियर रामप्रसाद शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख डा.नरहरि घिमिरेसँग १० लाख ५० हजार ९ सय ६१ रुपैयाँ विगो माग दावी गरेको छ । अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार ४०० र लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैयाँ विगो माग गरिएको हो ।