६ आश्विन २०८१, आईतवार
,
Latest
कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि कार्यालयका प्रमुखसहित १२ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिड किट्स वितरणमा अनियमितता भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला कृषि विकास कार्यालय दैलेखका तत्कालिन प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा.नरहरि घिमिरेसहित प्रमुखसहित १२ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कृषिका कर्मचारी र ठेकेदारको आपसि मिलेमतोमा सिड किट्स खरिद नै नगरी खातामा खरिद गरेको भनेर ढुवानीको रकम समेत खुलाई नक्कली विल भर्पाई बनाएर ठगि लिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार अधिकृत सूर्यनाथ योगी, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा, लेखा अधिकृत ढालबहादुर हमाल, प्राविधिक सहायक गमान सिंह थापा, वागवानी विकास अधिकृत भुवनबहादुर मल्ल, नायब सुब्बा नमराज थापा, लेखापाल रामकुमार शाह, प्राविधिक सहायक मिमबहादुर शाही, नायब प्राविधिक सहायक रगबहादुर वपाल, प्राविधिक सहायक पूर्णबहादुर थापा र सव इन्जिनियर रामप्रसाद शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालिन कार्यालय प्रमुख डा.नरहरि घिमिरेसँग १० लाख ५० हजार ९ सय ६१ रुपैयाँ विगो माग दावी गरेको छ । अधिकृत सूर्यनाथ योगीसँग १८ लाख ३६ हजार ४०० र लेखा अधिकृत ढालबहादुर हमालसँग १२ लाख ४६ हजार ४ सय ८१ रुपैयाँ विगो माग गरिएको हो ।