४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने

लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ हुने
अ+ अ-

काठमाडौँ । नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्ने उद्देश्यले ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट–२०१८’ आयोजना गरिने भएको छ ।

आगामी पुस २६ देखि २८ गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना हुने मार्टमा १५० भन्दा बढी मुलुकको सहभागीतासहित स्वदेशी र विदेशी गरी करीब १०० वक्ता र ४० को हाराहारीमा ब्लगरले भाग लिनेछन् । हालसम्म दक्षिण सियाली मुलुकका सात वटा देशका ४० निवेदन प्राप्त भएको आयोजकले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वअन्तर्गत नेपाल पर्यटन बोर्ड, पर्यटन सम्बद्ध सरकारी एवं निजी क्षेत्रका विभिन्न पर्यटन सङ्घ–संस्थाको कार्यक्रम कार्यान्वयन एकाइका रुपमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० ले मार्टको आयोजना गर्न लागेको हो ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस व्यावसायिक सम्मेलनले सम्पूर्ण पर्यटन व्यवसायीलगायत नेपाली पर्यटन क्षेत्रकै शिर उच्च पार्नुका साथै विश्व बजारमा समेत नेपालाई बौद्ध पर्यटन केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

नेपालको पर्यटन बजार विस्तार र प्रवद्र्धन गर्न यस प्रकारको सम्मेलनले महत्वपूर्ण योगदान पुग्ने मार्ट मूल आयोजक समितिका सदस्य–सचिव अच्युत शर्मा गुरागार्इँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने उक्त कार्यक्रमको व्यावसायिक जमघट बिटुबी सत्रहरु भैरहवास्थित होटल टाइगर प्यालेसमा सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा पर्यटनमन्त्री, प्रदेश नं ५ का मुख्यमन्त्री, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सहभागी हुनुहुनेछ ।

मार्टमा बौद्ध पर्यटनको साथै व्यावसायिक पर्यटनको छलफल तथा अन्तक्र्रिया गरिने र सम्बद्ध विज्ञले प्रस्तुति दिनेछन् । यो कार्यक्रमले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

मार्टका लागि रु दुई करोड आठ लाख खर्च हुने र उक्त रकम नेपाल पर्यटन बोर्डले एक करोड र बाँकी नाट्टाको पहलमा विभिन्न पर्यटकीय सङ्घ–संस्थाको साझेदारीमा जम्मा गरिने जनाइएको छ ।

नेपालको पर्यटन प्रवद्र्धनका लागि बौद्ध पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सिर्जना गर्ने उद्देश्यले नेपालमै अन्तर्राष्ट्रियस्तरको मार्ट गर्न लागिएको हो ।

मार्टलाई सफल बनाउन पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाको संयोजकत्वमा विभिन्न सरकारी तथा निजी पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी रहेको ३९ सदस्ययी मूल आयोजक समिति गठन गरिएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संयोजक देवकोटाले उपत्यका बाहिर पहिलोपटक ठूलो ‘इभेन्ट’ को रुपमा आयोजना हुन लागेको मार्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटनमा दूरगामी प्रभाव पार्ने मार्टलाई आगामी वर्षमा निरन्तरता दिइने बताउनुभयो । नाट्टाका अध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रकै महत्वपूण कार्यक्रमको रुपमा बौद्ध मार्टलाई प्रभावकारी बनाउन सरोकार निकायसँग समन्वयका साथ लागि परेको उल्लेख गर्नुभयो । रासस