१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशुतोष सेक्युरिटीजलाई कारोवारमा रोक



अ+ अ-

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोवारमा रोक लगाएको छ ।

सो कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएको पाइएकाले कालोसूचीमा पर्नका कारण तथा तथ्य खुलाई सात दिनभित्र पेश गर्न स्टकले निर्देशनसमेत दिएको छ । स्टकले आज उक्त निर्णय गरेको हो ।

धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम १८ मा सञ्चालक वा कार्यकारी प्रमुखको आयोग्यता आफू अथवा आफू सञ्चालक तथा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको अवधिभर कारोवार गर्न नपाउने व्यवस्था रहेको छ ।

सो कम्पनीबाट कारोबार राफसाफ तथा फछ्र्यौटलगायत अन्य कारोवार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको स्टकका कायम मुकायम सहायक प्रबन्धक सुरेश जोशीले जानकारी दिनुभयो ।