१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीबाट पुल भासिँदा राजविराज भन्सारको राजस्व सङ्कलन प्रभावित बाढी–पहिरो र डुबान : मृतकको संख्या २ सय १७ पुग्यो मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु : मन्त्री यादव मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन स्थलगत रिपोर्ट : सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने पुलमा क्षति स्थलगत रिपोर्ट : राजमार्गमा दृष्य एक, पीडा अनेक बाढीपहिरो प्रभावितका लागि राहत कोषमा एक अर्ब उपलब्ध गराइने, तीन दिने राष्ट्रिय शोक घोषणा दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर) विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधिलाई पहिलो गाँसमै ढुंगा, धनुषामै हारे



अ+ अ-

जनकपुरधाम – पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको अर्को दिन शुक्रबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । 

प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ (ख) मा भएको निर्वाचनमा निधि समर्थक पराजित भएका छन् । उनको समर्थनमा उठेका उम्मेदवार मदन यादव अध्यक्षमा नराम्ररी पराजित भएका हुन् । 

सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा उम्मेदवार बनेका थिए । उनलाई नेता आनन्द ढुंगानाको पनि आशिर्वाद थियो ।

दुई दिनदेखि सहमति जुटाउन प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जाने निर्णय भएको थियो । बिहीबार राति सम्पन्न मतदानबाट लामाले २५७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी यादवले ५७ मत मात्र ल्याएका छन् । 

धनुषा जिल्लामै निधिको प्रभाव ज्यादै नगण्य रहेको राजनीतिक वृत्तमा चर्चा छ । देशका अन्य जिल्ला एवं क्षेत्रमा समेत निधिको उपस्थिति शून्य छ । पार्टीका जिल्ला सभापतिहरुको नतिजा धमाधम प्राप्त भइरहे पनि निधि पक्षधर कुनै पनि नेता सभापतिमा चुनिएका छैनन् ।

तर पनि निधि केन्द्रीय सभापतिमा उठ्ने घोषणा गरेर ठूलो जोखिम उठाउन लागि परेका छन् ।