१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस नेताको चर्तिकला, मदिराको तालमा प्रधानाध्यापक र वडाध्यक्ष कुटे



अ+ अ-

गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका खबर छ ।

समाचारको अनुसार नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका ५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्यालमाथि हातपात गरेका हुन् । आजको राजधानी दैनिकले छापेको छ ।

विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला एक्कासी काङ्ग्रेस नेता जिसी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।

साँझको समयमा जिसीले मदिरा सेवन गरी हातपात गरेको कार्कीले आरोप लगाएको राजधानी दैनिकले जनाएको छ । घटनाको विषयमा मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित बैठक बस्यो । तर निष्कर्ष भने केहि निस्किएको छैन ।