१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा



अ+ अ-

बाजुरा । बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त सेवा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

यस्तै वडामा रहेका एचआइभी सङ्क्रमितलाई औषधि सेवनका लागि जाँदा आउँदा लाग्ने खर्च पनि वडाले नै व्यहोेर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल मार्तडी र अछामको बयलपाटासम्म उनीहरुलाई लैजाने व्यवस्थासहितको सेवा सञ्चालनका लागि निर्णय गरिएको वडाध्यक्ष जोशीले बताउनुभयो । वडामा हाल सात एचआइभी सङ्क्रमित छन् । उनीहरु महीनामा एक पटक औषधी सेवनका लागि अनिवार्य बयलपाटा वा जिल्ला अस्पताल मार्तडी जानुपर्ने हुन्छ । अछामको बयलपाटा अस्पतालसम्म जाँदा प्रतिव्यक्ति रु चार हजारसम्म खर्च हुन्छ । रासस