६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडकी आमाको मृत्यु



अ+ अ-

काठमाडौँ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडकी आमाको करेन्ट लागेर आज मृत्यु भएको छ। बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिईन ।

घाईते ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि तत्कालै सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटो मै उनको मृत्यु भएको हो। सेती अञ्चल अस्पतालको अनुसार अस्पताल ल्याउनु अगि नै उनको मृत्यु भइसकेको थियो  ।

विस्ना रविको सौतेनी आमा हुन्। रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ।  आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।